साउदीमा अब रोजगारदाता फेर्न पाउने, नयाँ नियम मार्चदेखि लागु हुने « Khabarhub

साउदीमा अब रोजगारदाता फेर्न पाउने, नयाँ नियम मार्चदेखि लागु हुने


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदी अरबले विदेशी श्रमिकलाई लाग्दै आएको बन्देज फुकुवा गर्ने भएको छ ।

सन् २०२१ को मार्चदेखि लागु हुनेगरी त्यहाँ रोजगारी परिवर्तन तथा रोजगारदाताको अनुमति विना पनि साउदी छोड्न पाउने नियम लागु गर्ने भएको हो ।

साउदीको मानव संसाधन र सामाजिक विकास मन्त्रालयले बुधवार यसका बारेमा जानकारी दिएको हो । साउदीमा श्रम बजारलाई आकर्षक बनाउन सो व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

रोजगारदाता परिवर्तन गर्न नपाउने र रोजगारदाताको अनुमति विना मुलुक छोड्न नपाउने व्यवस्थाका कारण लाखौं नेपालीसहित विदेशी श्रमिक बाध्यकारी श्रम गर्नसमेत बाध्य हुँदै आएका छन् ।

नयाँ व्यवस्था लागु भएपछि श्रमिकले एक रोजगारदाताबाट अर्को रोजगारदातामा स्पोन्सरशीप परिवर्तन गरी रोजगारी परिवर्तन गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

नयाँ व्यवस्था लागु भएपछि रोजगारदाताको अनुमति विना पनि साउदी छोड्न र पुनः फर्किन सक्ने तथा  पुनः साउदीले नफर्किने गरी स्वदेश फर्किनसमेत सक्नेछन् ।

साउदीमा १ करोडको हाराहारीमा विदेशी श्रमिक कार्यरत रहेको तथ्यांक छ । साउदीले अगाडि सारेको लेवर रिलेशन ईनिसिएटीभ नामको यो कार्यक्रमले विदेशी श्रमिकहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।

यसअघि साउदीले सन् २०२० भित्रै स्पोन्सरशीप प्रणाली (कफाला) अन्त्य गर्ने घोषणा गरे पनि कोरोना भाइरस (कोभिड-१९) को कारण ढिलो भएको बताउँदै आएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ७ : १८ बजे

उज्यालो नेपालको चुनावी घोषणापत्र : संघ र प्रदेशका सांसद घटाउनेदेखि ‘नो भोटिङ’सम्म

काठमाडौं– उज्यालो नेपाल पार्टीले भ्रष्टाचार नियन्त्रणदेखि सांसदको संख्या घटाउने र

प्रतिनिधिसभा निर्वाचन : जुलुस र आमसभा सभ्य रुपमा गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको

भ्रामक सूचनाको पछि नलागी एचपीभी खोप लगाउन आग्रह

काठमाडौं– सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

चुनावी मैदानमा देउवाको खोजी- अपदस्थ सभापतिले कांग्रेसलाई कसरी मत माग्ने ?

काठमाडौं- कांग्रेसको दोश्रो विशेष महाधिवेशनपछि सभापति बनेका गगनकुमार थापा यतिबेला

राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आज काठमाडौँको सिफलस्थित भण्डारेश्वर