करेला एक फाइदा अनेक, करेलाका यस्ता छन् बहुउपयोगी गुण « Khabarhub

करेला एक फाइदा अनेक, करेलाका यस्ता छन् बहुउपयोगी गुण


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सर्वगुण सम्पन करेलाको स्वाद तितो हुन्छ, यसै कारण कसैलाई करेला एकदमै मन पर्दछ त कसैलाई मन नै पर्दैन ।

तर, तपाईहरुलाई तितो करेलाको फाइदाका बारेमा थाहा नहुन पनि सक्छ । आज हामी तपाईलाई करेलाका फाईदाको बारेमा जानकारी दिन गईरहेका छौँ ।

यस्ता छन् तितेकरेलाका फाइदा

– करेलाले पाचनशक्ति बलियो बनाउँछ साथै भोक नलाग्नेहरुलाई भोक लाग्ने बनाउँछ ।

– करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सहयोग पुर्‍याउँछ । त्यसैले शरीरमा कफ जम्मा भएको खण्डमा करेला खाँनु फाइदाजनक मानिन्छ ।

– करेला शितल खाद्य सामग्री भएकाले गर्मी याममा करेला खानु लाभदायक मानिन्छ ।

–मधुमेह भएकाहरूलाई करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्दछ ।

– कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी मानिन्छ ।

– दमको समस्या भएका बिरामीहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खाँदा अत्याधिक फाइदा हुन्छ ।

– करेला खाने गर्नाले रगत सफा हुने र रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि मद्दत मिल्ने बताइन्छ ।

– पक्षघातका बरामीहरुलाई काँचो करेला खुवाउँदा स्वास्थ्य अवस्था एकदमै राम्रो बन्दछ ।

– बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गर्दा आराम मिल्दछ ।

– बान्ता, हैजा आदि रोग लागेमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गर्दा शिघ्र स्वास्थ्य लाभ हुन्छ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ६ : २२ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि