भारतीय सेना प्रमुख नरवणेलाई नेपाली सेनाले दियो गार्ड अफ अनर (भिडियोसहित) « Khabarhub

भारतीय सेना प्रमुख नरवणेलाई नेपाली सेनाले दियो गार्ड अफ अनर (भिडियोसहित)


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज कुमार नरवणेले नेपाली सेनाबाट गार्ड अफ अनर पाएका छन् ।

उनलाई सेनाले आर्मी हेडक्वाटरमा बिहीबार गार्ड अफ अनर प्रदान गरेको हो । त्यसअघि नरवणे सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

उनलाई अपराहन्न राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा हुने विशेष कार्यक्रममा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने छिन् । दर्ज्यानी चिन्ह ग्रहण गरेपछि उनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने छन् ।

नरवणेले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।

हेरौं भिडियो

प्रधानसेनापति थापाले बेलुका नरवणेको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । थापाको औपचारिक निमन्त्रणमा बुधबार नेपाल आएका नरवणेले पहिलो दिन बसन्तपुर गएर जीवित देवी कुमारीको दर्शन गरेका थिए ।

यस्तै उनले पशुपतिनाथको बाहिरबाटै दर्शन समेत गरेका थिए । उनी शुक्रबार स्वदेश फर्किने छन् ।

तस्वीर : नेपाली सेना 

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  १ : ०१ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा