ट्रम्प निकट पत्रिकाले नै छाप्यो राष्ट्रपतिबाट हटे ट्रम्प जेलसम्म पुग्न सक्ने « Khabarhub

ट्रम्प निकट पत्रिकाले नै छाप्यो राष्ट्रपतिबाट हटे ट्रम्प जेलसम्म पुग्न सक्ने


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपतीय चुनावको मतगणना जारी छ । मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै उच्च प्रतिस्पर्धा देखिएको छ ।

राष्ट्रपति चुनाव जित्नका लागि आवश्यक पर्ने २७० इलेक्टोरल मत नजिक जो बाइडेन पुगेका छन् । उनलाई अब ६ मतको आवश्यकता छ ।

पछिल्लो परिणाम अनुसार डेमोक्र्याटिक उम्मेदवार बाइडनले २६४ र रिपब्लिकन उम्मेदवार एवं वहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले २१४ इलेक्टोरल मत ल्याएको फक्स न्यूजले जनाएको छ ।

जित नजिक पुगेका डेमोक्र्याटिक उम्मेदवार बाइडनले आफूले जित्नेमा ढुक्क रहेको बताएका छन् ।

बहालवाला राष्ट्रपति एवं रिपब्लिकन उमेद्वार डोनल्ड ट्रम्पले भने चुनावमा धाँधली भएको आरोप लगाउँदै अदालतमा मुद्दा हालेका छन् ।

यसैबीच राष्ट्रपति ट्रम्पले अपराध अभियोग सामना गर्नुपर्नेलगायतका समाचार छापिन थालेका छन् । ट्रम्पविरुद्ध गम्भिर अपराधको अभियोग सामना गर्न निकै महंगो पर्ने उनी निकट न्यूयोकर्रले विचार प्रकाशन गरेको छ।

‘ट्रम्पले हारलाई धान्न सक्दैनन्’ भन्ने शीर्षकमा जेन मेइरले लेखेको लेखमा भनिएको छ, ‘अमेरिकी इतिहासमा कुनैपनि राष्ट्रपतिले फैजदारी अपराधको सामना गर्नुपरेको छैन । तर ट्रम्प त्यसको अपवाद बन्न सक्छन।’

मेइरले थपेकी छन्, ‘एउटा महाअभियोग, २६ वटा यौन दुराचारको आरोप, ४ हजारभन्दा बढी मुद्दाहरू खेपेका ट्रम्पले राष्ट्रपति पद गुमाए भने उनको भाग्यको यात्रा क्रूरतापूर्वक अन्त्य हुनसक्छ।’

ट्रम्पले राष्ट्रपतिबाट हट्नासाथ उनलाई प्राप्त विशेषाधिकारको पनि अन्त्य हुने र उनीमाथीको फौजदारी अपराधको आरोपबारे अनुसन्धान सुरु हुने मेइरले उल्लेख गरेकी छन् । विशेषाधिकार गुमेसँगै हुनसक्ने ट्रम्पमाथि अनुसन्धान हुने र जेल यात्रासम्म हुनसक्ने भयले उनी र उनी निकटस्तहरु अतालिएको विश्लेषणमा उल्लेख छ।

उनले भनेकी छन्, ‘पुनर्निर्वाचित हुन नसके पदमुक्त भएपछि धेरै व्यक्तिगत मुद्दाहरु झेल्नुपर्ने तथा जेलयात्रासमेत हुनसक्ने भएका कारण ट्रम्प पदमै टिक्न जस्तोसुकै हत्कण्डा गरिरहेका छन्।’

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  १ : २० बजे

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट