अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ युट्युबमा रिलिज (फिल्मसहित) « Khabarhub

अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ युट्युबमा रिलिज (फिल्मसहित)


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनमोल केसी र सुहाना थापाको शीर्ष भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ३’ युट्युबमार्फत रिलिज गरिएको छ ।

ढेड वर्षअघि हलमा रिलिज भएको यो फिल्म दिपावलीको अवसर पारेर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

फिल्मले समीक्षकको सकारात्मक प्रतिक्रिया नपाए पनि हलमा भने राम्रो व्यापार गर्न सफल भएको थियो । फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेतको पनि शीर्ष भूमिका छ ।

झरना थापा निर्देशित यो फिल्ममा एक सुपरस्टारको कथा समेटिएको छ । फिल्ममा अनमोलले सुपरस्टारको भूमिका निभाएका छन् भने सुहाना फ्यानको भूमिकामा छिन् ।

यसको सफलतासँगै अनमोल र सुहानालाई लिएर निर्देशक झरना थापा नयाँ फिल्म ‘ए मेरो हजुर ४’ को निर्देशनमा जुटेकी छिन् । फिल्ममा सुनील थापाको लगानी रहनेछ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ३ : ०७ बजे

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको