के अझै ट्रम्पले बाजी मार्न सक्लान ? यस्तो छ बाँकी राज्यको अवस्था « Khabarhub

के अझै ट्रम्पले बाजी मार्न सक्लान ? यस्तो छ बाँकी राज्यको अवस्था


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै उच्च प्रतिस्पर्धा देखिएको छ ।

अहिलेसम्म डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन ट्रम्प भन्दा अगाडि  छन् । उनलाई बहुमत पुग्न मात्र ६ इलेक्टोरल भोटको खाँचो छ ।

उनले हालसम्म २६४ इलेक्टोरल भोट पाएका छन् भने वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल भोटकासाथ पछ्याइरहेका छन् ।

मतगणना जारी रहेका केही राज्यमा राष्ट्रपति ट्रम्प अहिले पनि अगाडि रहेका छन् । ट्रम्पलाई  बहुमतका लागि ५६ भोटको आवश्यकता रहेको छ ।

कुन राज्यमा भइरहेको छ काउन्टिङ ?

पेन्सिलभेनिया (२०) – डोनाल्ड ट्रम्प अगाडि
नर्थ क्यारोलिना (१५) – डोनाल्ड ट्रम्प अगाडि
जर्जिया (१६) – डोनाल्ड ट्रम्प अगाडि
अलास्का (३) – डोनाल्ड ट्रम्प अगाडि
नेवादा(६)-  जो – बाइडेन अगाडि

अहिलेको स्थिति जितमा परिणत हुँदा ट्रम्पको पक्षमा ५४ इलेक्टोरल भोट जोडिनेछ । तर ट्रम्पलाई बहुमतको लागि ५६ भोट चाहिने अवस्था छ ।

बाइडेनले अहिले अग्रता लिइरहेको नेवादामा मात्र जित हासिल गरे पनि उनी राष्ट्रपतिमा निर्वाचित हुने निश्चित छ ।

ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनको लागि अहिले अग्रता भएका सबै ठाउँमा जित हासिल गर्नुका साथै बाइडेनले अग्रता लिएको नेवादामा पनि जित हासिल गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ६ : २६ बजे

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित

जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति

बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

काठमाडौं– नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.