अब विधानसभा निर्वाचन नलड्ने विहारका मुख्यमन्त्रीको घोषणा « Khabarhub

अब विधानसभा निर्वाचन नलड्ने विहारका मुख्यमन्त्रीको घोषणा


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पटना- भारतको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले अर्को पटकबाट आफू विधान सभामा उम्मेदबार नबन्ने घोषणा गरेका छन् ।

निर्वाचन प्रचारप्रसारको अन्तिम दिन बिहीबार उनले आफ्नो लागि अहिलेको निर्वाचन नै विधान सभाको अन्तिम निर्वाचन भएको घोषणा गरेका हुन् ।

चुनावी सभामा उनले भने, “आज निर्वाचन प्रचारप्रसारको अन्तिम दिन हो, एक दिनपछि मतदान हुदैछ, मलाई तपाइहरुले विधान सभाका लागि मतदान गर्ने यो अन्तिम पटक हो, अन्तिमको मौका राम्रो भयो भने सधैँ राम्रो हुन्छ ।”

उनले यसअघि गत बुधबार अत्पसङ्ख्यक समुदायलाई एउटा कार्यक्रममा सम्वोधन गर्दै आफुले उनीहरुका लागि धेरै कामहरु गरेको बताए । आफू नेतृत्वको राज्य सरकारले शिक्षकहरुको तलव बढाइदिएको पनि मुख्यमन्त्री नितिशले स्मरण गराएका थिए ।

भारतका विहारमा अहिले विधान सभा निर्वाचन भइरहेको छ । तेस्रो चरणको निर्वाचन यही नोभेम्बर ७ तारिखका दिन हुन लागेको छ । तेस्रो चरणको निर्वाचनबाट विधान सभाका ७८ सदस्य छानिने छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  १० : २० बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु