मोजा गन्हाउने समस्या छ ? यसरी पाउनुहोस् छुटकारा « Khabarhub

मोजा गन्हाउने समस्या छ ? यसरी पाउनुहोस् छुटकारा


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – के तपाई मोजा तथा खुट्टा गन्हाउने समस्याबाट पीडित हुनुहुन्छ ? यदि तपाईंमा यो समस्या छ भने आज हामीले केही टिप्स लिएर आएका छौं । जसले तपाईंको समस्या कम गर्न मद्धत गर्छ ।

यसरी पाउनुस मोजा गन्हाउने समस्याबाट उन्मुक्ति

– नियमित रुपमा मोजा फेर्नुहोस् ।

– दिनहु जुत्ता सफा गरिरहनुहोस् ।

– घण्टौंसम्म पर्याप्त वायु सञ्चार नभएको, कस्सिएको जुत्ता र मोजा, नाइलनको मोजा लगाउँदा खुट्टा गन्हाउने समस्या देखिन्छ । त्यसैले मोजा लगाउनुभन्दा पहिला मोजामा पसिना रोक्ने औषधी राख्नुहोस् । त्यसको सट्टामा खुट्टामा लगाउने विभिन्न पाउडर पनि बजारमा किन्न पाइन्छ ।

– अदुवाले हाम्रो पैतालामा आउने पसिना सुकाउन र दुर्गन्ध हटाउन निकै प्रभावकारी भूमिका खेल्छ ।

– तपाईको खुट्टा मोजा लगाएपछि अत्ति नै गन्हाउँछ भने भिनेगर ९एक प्रकारको अमिलो० मिसाएको पानीमा १५ मिनेट खुट्टा डुबाएर राख्नुहोस् । यस्तो पानीले गन्ध कम गराउनुका साथै व्याक्टेरिया पैदा हुन पनि दिँदैन ।

– बजारमा एकप्रकारको सुगन्धित फूलको तेल पाईन्छ । त्यसको प्रयोग गर्नुहोस् ।

– मन तातो पानीमा नुन हालेर खुट्टा ५–१० मिनेट भिजाउने गर्नुहोस् ।

– खुट्टामा सोडा लगाउनु पनि समस्या कम गर्ने एउटा राम्रो उपाय हो ।

– खुट्टा गन्हाउने व्यक्तिले कपडाको जुत्ता लगाउनु उपयुक्त हुन्छ ।

– सुतिको मोजा प्रयोग गर्नुहोस् ।

– नुहाइसकेपछि खुट्टा धोएर ओभानो पारी पुछ्नु पर्छ । केहिबेर घाममा सुकाएर मोजा, जुत्ता लगाउनुपर्छ ।

– तर बजारमा धेरै प्रकारका औषधि र विधिहरू भन्दै विज्ञापन देखाइए पनि विज्ञापन र साथीभाइकै लहलहैमा लागेर कुनैपनि किसिमका औषधी प्रयोग नगर्नुहोस् ।

– महिनौंसम्मको स्याहार प्रक्रिया र त्यसपछिको निरन्तर केयरले मात्र शरीर तथा खुट्टा गन्हाउने समस्याबाट बच्न सकिने हुँदा एक पटकको प्रयोगमा कमी भएन भनेर आनीबानी नबल्नुहोस् ।

– आकर्षक विज्ञापनको लालचमा नफस्नुहोस् ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ९ : १० बजे

उज्यालो नेपालको चुनावी घोषणापत्र : संघ र प्रदेशका सांसद घटाउनेदेखि ‘नो भोटिङ’सम्म

काठमाडौं– उज्यालो नेपाल पार्टीले भ्रष्टाचार नियन्त्रणदेखि सांसदको संख्या घटाउने र

प्रतिनिधिसभा निर्वाचन : जुलुस र आमसभा सभ्य रुपमा गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको

भ्रामक सूचनाको पछि नलागी एचपीभी खोप लगाउन आग्रह

काठमाडौं– सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

चुनावी मैदानमा देउवाको खोजी- अपदस्थ सभापतिले कांग्रेसलाई कसरी मत माग्ने ?

काठमाडौं- कांग्रेसको दोश्रो विशेष महाधिवेशनपछि सभापति बनेका गगनकुमार थापा यतिबेला

राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आज काठमाडौँको सिफलस्थित भण्डारेश्वर