मोजा गन्हाउने समस्या छ ? यसरी पाउनुहोस् छुटकारा « Khabarhub

मोजा गन्हाउने समस्या छ ? यसरी पाउनुहोस् छुटकारा


२० कार्तिक २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – के तपाई मोजा तथा खुट्टा गन्हाउने समस्याबाट पीडित हुनुहुन्छ ? यदि तपाईंमा यो समस्या छ भने आज हामीले केही टिप्स लिएर आएका छौं । जसले तपाईंको समस्या कम गर्न मद्धत गर्छ ।

यसरी पाउनुस मोजा गन्हाउने समस्याबाट उन्मुक्ति

– नियमित रुपमा मोजा फेर्नुहोस् ।

– दिनहु जुत्ता सफा गरिरहनुहोस् ।

– घण्टौंसम्म पर्याप्त वायु सञ्चार नभएको, कस्सिएको जुत्ता र मोजा, नाइलनको मोजा लगाउँदा खुट्टा गन्हाउने समस्या देखिन्छ । त्यसैले मोजा लगाउनुभन्दा पहिला मोजामा पसिना रोक्ने औषधी राख्नुहोस् । त्यसको सट्टामा खुट्टामा लगाउने विभिन्न पाउडर पनि बजारमा किन्न पाइन्छ ।

– अदुवाले हाम्रो पैतालामा आउने पसिना सुकाउन र दुर्गन्ध हटाउन निकै प्रभावकारी भूमिका खेल्छ ।

– तपाईको खुट्टा मोजा लगाएपछि अत्ति नै गन्हाउँछ भने भिनेगर ९एक प्रकारको अमिलो० मिसाएको पानीमा १५ मिनेट खुट्टा डुबाएर राख्नुहोस् । यस्तो पानीले गन्ध कम गराउनुका साथै व्याक्टेरिया पैदा हुन पनि दिँदैन ।

– बजारमा एकप्रकारको सुगन्धित फूलको तेल पाईन्छ । त्यसको प्रयोग गर्नुहोस् ।

– मन तातो पानीमा नुन हालेर खुट्टा ५–१० मिनेट भिजाउने गर्नुहोस् ।

– खुट्टामा सोडा लगाउनु पनि समस्या कम गर्ने एउटा राम्रो उपाय हो ।

– खुट्टा गन्हाउने व्यक्तिले कपडाको जुत्ता लगाउनु उपयुक्त हुन्छ ।

– सुतिको मोजा प्रयोग गर्नुहोस् ।

– नुहाइसकेपछि खुट्टा धोएर ओभानो पारी पुछ्नु पर्छ । केहिबेर घाममा सुकाएर मोजा, जुत्ता लगाउनुपर्छ ।

– तर बजारमा धेरै प्रकारका औषधि र विधिहरू भन्दै विज्ञापन देखाइए पनि विज्ञापन र साथीभाइकै लहलहैमा लागेर कुनैपनि किसिमका औषधी प्रयोग नगर्नुहोस् ।

– महिनौंसम्मको स्याहार प्रक्रिया र त्यसपछिको निरन्तर केयरले मात्र शरीर तथा खुट्टा गन्हाउने समस्याबाट बच्न सकिने हुँदा एक पटकको प्रयोगमा कमी भएन भनेर आनीबानी नबल्नुहोस् ।

– आकर्षक विज्ञापनको लालचमा नफस्नुहोस् ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ९ : १० बजे

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन