विश्वभर ४ करोड ५८ लाख संक्रमित निको « Khabarhub

विश्वभर ४ करोड ५८ लाख संक्रमित निको


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर ४ करोड ५८ लाखभन्दा बढी कोरोना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ४ लाख २१ हजार ३७७ संक्रमणमुक्त भएसँगै ४ करोड ५८ लाख ८ हजार २२९ जनाले कोरोनालाई जितेका छन् ।

यस्तै संक्रमणले मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । दोस्रो लहरको संक्रमणले तीब्र हुँदा मृतक संख्यामा दिनदिनै नयाँ रेकर्ड कायम भइरहँदा ज्यान गुमाउनेको संख्या १५ लाख नाघेको हो ।

शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा  १२ हजार १२६ संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर १५ लाख २३ हजार ५६१ संक्रमितको मृत्यु भएको छ ।

२१८ मुलुकमा फैलिएको संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ लाख ८४ हजार ५३७ जना संक्रमित भएका छन् ।

योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ८८ लाख ८९ हजार ८३६ पुगेको छ । यसमध्ये १ लाख ६ हजार ८४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ६ करोड ६२ लाख ११ हजार ४७९ पुगेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ९ : ०१ बजे

डोल्पामा भारी हिमपात, जनजीवन प्रभावित (तस्बिरहरू)  

काठमाडौं– डोल्पाको काइगाउँमा शुक्रबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित