प्रजातन्त्र र स्वतन्त्रताका लागि चीन सबैभन्दा ठूलो खतरा- अमेरिकी गुप्तर प्रमुख « Khabarhub

प्रजातन्त्र र स्वतन्त्रताका लागि चीन सबैभन्दा ठूलो खतरा- अमेरिकी गुप्तर प्रमुख


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी गुप्तचर प्रमुख जोन र्‍याटक्लिफले चीन ‘प्रजातन्त्र र स्वतन्त्रताका लागि सबैभन्दा ठूलो खतरा’ भएको आरोप लगाएका छन् ।

द वाल स्ट्रीट जर्नलमा लेख्दै जोन र्‍याटक्लिफले दोस्रो विश्वयुद्धयता चीनले आफ्नो प्रभाव बढाउँदै लगेको र आर्थिक र सूचनाको जासुसीमा संल्गन भइरहेको उनले बताए ।

प्रत्येक वर्ष ५०० अर्ब डलर बराबरका अमेरिकी बौद्धिक सम्पत्ति चोरी हुने गरेको र्‍याटक्लिफले बताउँदै उनले भने,’ अमेरिकी प्रतिस्पर्धी कम्पनीबाट सूचना चोरेर एउटा चिनियाँ विन्ड टर्बाइन कम्पनी विश्व बजारमा गएकोमा दोषी पाइएको छ ।’

अमेरिकाले जस्तै अरू देशले पनि चीनबाट चुनौती खेप्नुपरेको उनको भनाइ छ।

‘विश्व वरीयतामा आफू सबैभन्दा माथि हुन चीन चाहन्छ, त्यसका लागि उ विश्वभर नै स्वतन्त्रताको गतिलाई उल्टाउन चाहन्छ,’ उनले भने ।

बेइजिङले अमेरिकासँग मुठभेडको तयारी गरिरहेको र ‘आर्थिक, सैनिक तथा प्राविधिक रूपले’ विश्वमाथि नै हावी हुन अघि बढिरहेको र्‍याटक्लिफले बताएका छन्।

चीनले अमेरिकाका साझेदारहरूमाथि दबाव बढाउँदै लगेको बेला र्‍याटक्लिफका यी टिप्पणीहरू आएका छन्।

चीनले अमेरिकाको पछिल्लो आरोपबारे कुनै प्रतिक्रिया दिएको छैन।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ९ : १५ बजे

‘सरकारले विद्युतलाई महत्व नै दिएन’

ऊर्जा क्षेत्रमा हाम्रा धेरै चुनौती छन् । फाइनान्सदेखि वितरण लाइनहरू,

बिजुलीका पोलबाट इन्टरनेटका तार हटाउन प्राधिकरणको आग्रह

दाङ – तुलसीपुरका इन्टरनेट सेवा प्रदायक कम्पनीले अव्यवस्थित तार नहटाएपछि

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोरङ – कटहरी गाउँपालिका–४ स्थित जुडी पुलमा मोटरसाइकल दुर्घटना हुँदा

बिर्तामोडमा जग्गाको कित्ताकाट खुल्यो

बनियानी – पूर्वकै व्यापारिक केन्द्रको रुपमा स्थापित हुँदै गएको झापाको

उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै

काठमाडौँ –  वैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रिय