काठमाडौँ उपत्यकामा थपिए ४३२ कोरोना संक्रमित  « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ४३२ कोरोना संक्रमित 


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  पछिल्कालो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मुलुकभर थपिएका १ हजार २४ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ४ सय ३२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा  काठमाडौंमा ३ सय ४९, भक्तपुरमा १८ र ललितपुरमा ६५ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै काठमाडौंमा मात्र हालसम्म कोरोना संक्रमितको संख्या ९० हजार ७७  पुगेको छ । जसमध्ये ५ हजार ६५१ जना सक्रिय छन् भने ८४ हजार २९ जना उपचारपछि निको भएका छन्। ३ सय ९७ जनाको मृत्यु भएको छ।

त्यसैगरी ललितपुरमा हालसम्म कोरोना संक्रमितको संख्या १३ हजार ७६३ पुगेको छ। जसमध्ये १२२ जना संक्रमितको मृत्यु भएको छ।

कुल संक्रमितमध्ये १२ हजार ५१३ जना निको भएका छन् भने १ हजार १२८ जना सक्रिय छन्।

यस्तै भक्तपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ८ हजार १३६ पुगेको छ। जसमा ७ हजार ५५० जना उपचारपछि निको भएका छन् भने ४९३ सक्रिय संक्रमित छन् । भक्तपुरमा हालसम्म ९५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ४ : ४० बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको