२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ। जसमध्ये गत २४ घण्टामा  मात्रे १ हजार २४ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा ६, उदयपुरमा १, ओखलढुंगामा १, खोटाङमा १, झापामा ३९, ताप्लेजुङमा २, मोरङमा ४, सुनसरीमा २८ र सोलुखुम्बुमा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को धुनषामा १८, पर्सामा १५, बारामा २, महोत्तरीमा २, रौतहटमा २, सप्तरीमा २, सर्लाहीमा ३ र सिरहामा ४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

यस्तै बागमती प्रदेशको काठमाडौंमा ३ सय ४९, काभ्रेमा २९, चितवनमा ११, दोलखामा ७, धादिङमा ८, नुवाकोटमा ४६, भक्तपुरमा १८, मकवानपुरमा १५, रसुवामा ४, रामेछापमा ६, ललितपुरमा ६५, सिन्धुलीमा १४ र सिन्धुपाल्चोकमा २ जनामा कोरोनामा कोरोना पुष भेटिएको मन्त्रालयले जनाएको छ।

यसैगरी ४५, तनहुँमा ९, नवलपरासी पूर्वमा २, पर्वतमा २, म्याग्दीमा २, लमजुङमा १५, बागलुङमा १४ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ११, गुल्मीमा १, दाङमा ११, नलवपरासीमा ५, पाल्पामा ५, प्यूठानमा २, बर्दियामा ९, बाँकेमा २०, रोल्पामा २ र रुपन्देहीमा ४१ जना संक्रमित थपिएका छन् ।

कर्णाली प्रदेशको जुम्लामा ४ र दैलेखमा ३ कोरोना भेटिएको छ। यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ३५, कञ्चनपुरमा १७, कैलालीमा ३३, डडेल्धुरामा ४, डोटीमा २, दार्चुलामा ३, बझाङमा ११ र बैतडीमा ३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ५ : ३१ बजे

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय