नेपालमा घट्दैछन् सक्रिय संक्रमित « Khabarhub

नेपालमा घट्दैछन् सक्रिय संक्रमित


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्ला दिनमा सक्रिय कोरोना संक्रमितको संख्या घट्न थालेको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमित संख्या १४ हजार २ सय ५५ मा झरेको छ।

कुल संक्रमित संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २४ जनामा कोरोना संक्रमण देखिएको छ।

गत असोजमा ४० हजारसम्म पुगेको संक्रिय संक्रमित संख्या त्यसयता निरन्तर घट्दै गएको तथ्यांकले देखाएको छ। कोरोनामुक्त हुनेदर बढ्दै गएको र संक्रमणमा परेकाको दोस्रो पटकको पिसिआर परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएकाले संक्रिय संक्रमण घटेको देखिन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ७४ जनाको पिसिआर विधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार २४ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २ सय ६ जना कोरोनामुक्त भएका छन्। यही अवधिमा संक्रमणबाट थप १० जनाको निधन भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या भने १ हजार ५ सय ७७ पुगेको छ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ६ : ०३ बजे

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला