प्रधानमन्त्रीको गृह जिल्लामा राप्रपाद्वारा प्रदर्शन  « Khabarhub

प्रधानमन्त्रीको गृह जिल्लामा राप्रपाद्वारा प्रदर्शन 


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले शनिबार मोटरसाइकल र्‍याली निकालेको छ ।

राजतन्त्रको पुनर्स्थापना र हिन्दू राष्ट्रको पक्षमा राप्रपाले झापामा प्रदर्शन गरेको हो ।

काँकरभिट्टाबाट अपरान्ह सुरु भएको र्‍यालीमा ठूलो संख्यामा कार्यकर्ताहरु सहभागी भएका थिए ।

उनीहरुले गणतन्त्रविरुद्ध र राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । प्रर्दशनमा नेपाललाई हिन्दूराष्ट्र पुर्नस्थापना, राजतन्त्र स्थापना र संघीयता खारेजीको माग गरेका थिए ।

बिर्तामोड आयोजित संक्षिप्त कोणसभामा राप्रपा नेता राजेन्द्र लिङ्देनले नेपालमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता जनताको चाहना नभएको दावी गर्दै अब राजसंस्थासहितको हिन्दूराज्य र हालको व्यवस्था परिवर्तन गरी केन्द्रीकृत व्यवस्था स्थापना गर्ने आन्दोलनको नेतृत्व राप्रपाले गर्ने उद्घोष गरेका थिए ।

देशले अब योभन्दा बढी बर्बादी थाम्न नसक्ने भन्दै उनले गणतन्त्रको नाममा लुटतन्त्र, भ्रष्टाचार माैलाएको बताए।

‘कुनै व्यक्ति विशेषको मात्र होइन, समग्र देशको भविष्य माथिको खतरा हो,’ उनले भने।’

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ६ : ४९ बजे

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला