प्रधानमन्त्रीको गृह जिल्लामा राप्रपाद्वारा प्रदर्शन  « Khabarhub

प्रधानमन्त्रीको गृह जिल्लामा राप्रपाद्वारा प्रदर्शन 


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले शनिबार मोटरसाइकल र्‍याली निकालेको छ ।

राजतन्त्रको पुनर्स्थापना र हिन्दू राष्ट्रको पक्षमा राप्रपाले झापामा प्रदर्शन गरेको हो ।

काँकरभिट्टाबाट अपरान्ह सुरु भएको र्‍यालीमा ठूलो संख्यामा कार्यकर्ताहरु सहभागी भएका थिए ।

उनीहरुले गणतन्त्रविरुद्ध र राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । प्रर्दशनमा नेपाललाई हिन्दूराष्ट्र पुर्नस्थापना, राजतन्त्र स्थापना र संघीयता खारेजीको माग गरेका थिए ।

बिर्तामोड आयोजित संक्षिप्त कोणसभामा राप्रपा नेता राजेन्द्र लिङ्देनले नेपालमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता जनताको चाहना नभएको दावी गर्दै अब राजसंस्थासहितको हिन्दूराज्य र हालको व्यवस्था परिवर्तन गरी केन्द्रीकृत व्यवस्था स्थापना गर्ने आन्दोलनको नेतृत्व राप्रपाले गर्ने उद्घोष गरेका थिए ।

देशले अब योभन्दा बढी बर्बादी थाम्न नसक्ने भन्दै उनले गणतन्त्रको नाममा लुटतन्त्र, भ्रष्टाचार माैलाएको बताए।

‘कुनै व्यक्ति विशेषको मात्र होइन, समग्र देशको भविष्य माथिको खतरा हो,’ उनले भने।’

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ६ : ४९ बजे

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको