शनिबारको सचिवालय बैठकमा पनि 'बाझाबाझ', भोलिको स्थायी कमिटीमा ओली नआउने संकेत | Khabarhub Khabarhub

शनिबारको सचिवालय बैठकमा पनि ‘बाझाबाझ’, भोलिको स्थायी कमिटीमा ओली नआउने संकेत


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको विवाद समाधानका लागि शनिबार बसेको सचिवालय बैठकमा पनि ‘बाझाबाझ’ले नै निरन्तरता पाएको छ ।

गत मंगलबार बसेको सचिवालय बठक ‘आरोप-प्रत्यारोप’कै बीच सकिएको थियो । बैठकमा ‘चर्काचर्की’ भएपछि बुधबारको सचिवालय बैठकमा अनुपस्थित भएका अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा भने उपस्थित भएका थिए ।

आजको बैठकले  विवाद समाधानको ‘निकास’ निकाल्ने अपेक्षा गरिए पनि ‘बाझाबाझ’ले नै निरन्तरता पाएको एक सचिवालय सदस्यले जानकारी दिए ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफ्नो पुरानै कुरा दोहोर्याए ।

बैठकको कुनै काम नभएको भन्दै आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीका लागि तय गरिएको स्थायी कमिटी बैठकमा पनि ओलीले नआउने संकेत देखाए ।

अध्यक्ष ओलीले कार्यसूची तथा एजेन्डा नै तय नगरी आइतबारका लागि स्थायी कमिटी बैठक बोलाइएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालसहित बहुमत सदस्यले ‘बल प्रयोग’ गरेको आरोप समेत लगाए ।

‘पार्टीमा बल प्रयोग हुन थालेको छ । यो पनि बल प्रयोगकै बैठक हो । धेरै बल प्रयोग नगरौं । मैले पहिला पनि भनेको थिएँ । प्रचण्डको लान्छना पत्र छलफलको निम्ति उपयुक्त हैन । त्यसलाई फिर्ता लिनुपर्छ, यसलाई लिएर स्थायी कमिटीमा जान सकिन्नँ । स्थायी कमिटीको बैठक भोलि बस्दैन । यहीं छलफल गरौं । एउटा निष्कर्ष निकालौं । त्यसपछि मात्रै स्थायी कमिटीको बैठक हुन सक्छ’, शनिबारको सचिवालय बैठकमा ओलीले राखेको धारणा उद्धृत गर्दै ती सदस्यले भने ।

बैठकमा सहभागी एक नेताका अनुसार साढे ३ घण्टा चलेको बैठकमा स्थायी कमिटी बैठक भोलि बोलाउने कि नबोलाउने भन्नेमै समय बितेको थियो ।

बैठकमा ओलीले पुरानै अडान राखेपछि उनीइतर पक्षका नेताहरूले बैठकबाट भाग्न नमिल्ने तर्क गरेका थिए ।

ओलीले त्यसको प्रतिवाद गर्दै भने, ‘त्यसो भए तपाईंहरूले जुनसुकै बैठकमा लगेर ती प्रतिवेदनहरूमाथि छलफल गराउनुस, मैले अध्यक्ष पनि छाड्दिनँ, प्रधानमन्त्री पनि छाड्दिनँ।’

‘सचिवालय बैठकमा पेश भएका दुवै अध्यक्षका प्रतिवेदनहरूमध्ये प्रचण्डको प्रतिवेदनमाथि स्थायी र केन्द्रीय कमिटीमा बहुमतले समर्थन हुने छनक पाएपछि ओली कमरेडले जसरी छलफल भएपनि आफूले राजीनामा नदिने अड्डी कस्नुभएको हो,’ ती सदस्यले भने ।

अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई  ‘पार्टीको लोगो दुरूपयोग गरेर किन डकुमेण्ट बाहिर पठाउनुभएको ?’ भनेर कड्किनुभएको थियो ।

तर दाहालले त्यसको प्रतिवाद गर्दै ‘त्यस्तो कामको शुरुवात कसले गर्यो ? तपाईंकै सचिवालयले होइन ?’ भनेर जवाफ दिएका थिए । त्यसमा थप्दै माधव नेपालले भने ‘प्रमाण दिन पर्यो ? के हामीले गरेका हौं त्यो पनि ?’ भनेपछि ओली मौन बनेका थिए ।

बैठकमा कार्यदल बनाएर समस्या समाधान गर्ने विषय पनि उठाइएको थियो । गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ले कार्यदल बनाएर विवाद समाधान गर्ने प्रस्ताव राखेका थिए ।

पार्टीको विवाद हुबहु स्थायी कमिटीमा पुग्ने हो भने सचिवालय असफल भएको सन्देश जाने भन्दै बादलले सचिवालय सदस्यहरूबाट नै कार्यदल बनाएर विवाद समाधान गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

बादलको प्रस्तावमा महासचिव विष्णु पौडेलले पनि समर्थन जनाएका थिए ।

बैठकमा महासचिव पौडेल र ईश्वर पोखरेलले पनि भोलिको बैठक राख्न नहुँने बताएका थिए ।

तर, अनौपचारिक संवादलाई पनि निरन्तरता दिने भनेपछि पौडेल र पोखरेल पनि बैठकका लागि तयार भएको ती सदस्यले बताए ।

बादलले पार्टीका उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा कार्यदल गठन गर्ने प्रस्ताव गरेपनि उनले कार्यदल संयोजक बन्न इन्कार गरे ।

‘त्यस्तो कार्यदलको काम छैन । म बस्दा पनि बस्दिन । बरू मेरा पनि लिखित दस्तावेज छन्, मैले बैठकमै त्यो प्रस्तुत गर्छु,’ गौतमको भनाइ उदृत गर्दै एक सचिवालय सदस्यले भने ।

प्रधानमन्त्री ओली पनि कार्यदल बनाउने विषयमा सकारात्मक देखिएको ती नेताले बताए ।

‘वामदेव कमरेडले नै कार्यदलको काम छैन, म बस्दिन भनेपछि कुरा सकियो । त्यसमाथि अधिकांश कमरेडहरूले स्थायी कमिटी बैठकबाट नै दुवै प्रतिवेदनको छिनोफानो हुनुपर्छ भन्ने अडान लिएपछि कार्यदलको कुरा लम्बिएन,’ उनले भने ।

बैठकमा अध्यक्ष प्रचण्ड भने धेरै बोलेनन् । उनले अन्तिममा भोलि स्थायी कमिटी तोकिएकै समयमा पार्टी कार्यालयमा बस्ने भनेर प्रस्ताव राखे । बहुमत सदस्यहरूले हुन्छ भनेका थिए ।

स्थायी कमिटी बैठक नै नबस्ने अडानमा ओली रहे पनि सचिवालयका बहुमत सदस्यहरूले आइबार अपराह्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्नुपर्ने निष्कर्ष निकालेका थिए ।

सोहीअनुसार बैठक सकिएपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरूलाई ब्रिफिङ गरेका थिए ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ८ : ४६ बजे

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो

काठमाडौं– नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज इजरायलमा मर्मत गराएर

इलाम–२ : कांग्रेस र एमालेबीच प्रतिस्पर्धा चल्दा नेकपा एसलाई केबल ६ मत

काठमाडौं– इलाम क्षेत्र नम्बर २ को मतगणनामा नेपाली कांग्रेस र

ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई मन्त्री चौधरीको आह्वान

काठमाडौं–  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नेपालमा लगानीको

सम्झनामा विष्णुबहादुर : जमिन्दारका छोरा, जीवनभर कम्युनिस्ट

तराई मधेसमा अहिलेसम्म मिटरब्याजीहरुको शोषण कायमै छ । कल्पना गरौैं

पाँच महिना लामो मर्मतपछि इजरायलबाट आयो निगमको न्यारो बडी

  काठमाडौं- नेपाल वायुसेवा निगमको ‘९एन–एकेएक्स’ जहाज इजरायलमा मर्मत गराएर