आज पुत्रदा एकादशी, यस्तो छ धार्मिक महिमा « Khabarhub

आज पुत्रदा एकादशी, यस्तो छ धार्मिक महिमा


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पुत्रदा एकादशीकाे व्रत वर्षमा दुइ पटक पर्छ । साउन र पुस शुक्लपक्षको एकादशीमा पुत्रदा एकादशी मनाइन्छ। पौष महिनाको शुक्ल पक्षको एकादशीलाई पौष पुत्रदा एकादशी भनिन्छ भने श्रावण महिनाको शुक्ल पक्षको एकादशीलाई श्रावण पुत्रदा एकादशी भनिन्छ ।

पद्म पुराणका अनुसार सांसारिक सुख प्राप्ति तथा पुत्र लाभका लागि पुत्रदा एकादशी व्रत फलदायी मानिन्छ ।  सन्तानहीन या पुत्रहीन मानिसहरुले यो व्रत लिनाले फल प्राप्ति हुने धार्मिक विश्वास छ ।

धर्मशास्त्रहरु अनुसार प्राचिनकालमा भद्रावतीपुरी नगरमा राजा सुकेतुमानले राज्य गर्दै आएका थिए । तर ती राजाका सन्तान भने थिएनन् । राजा निसन्तान भएका कारण राजपरिवारमा चिन्ता थपिएको थियो ।

राजा सुकेतुमानका पिता समेत राजकाजको जिम्मेवारी सुम्पने उत्तराधिकारी नभएका कारण चिन्तित बन्दै गएका थिए ।दिन बित्दै जाँदा एकदिन राजा सुकेतुमान घोडा चढि जंगल डुल्दै जाने क्रममा घना जंगलभित्र पुगे । जंगलको धेरै भित्र पुगेका कारण उनलाई थकाई र तिर्खा लागेको थियो ।

पानीको खोजीमा उनी झनझन जंगलभित्र पुगे । निकै पर उनले पानीको सरोवर देखे तर त्यहाँ ऋषिमूनिहरु आश्रम बनाई वेदपाठ गर्दै बसेका थिए । घोडाबाट उत्रिएर राजा सुकेतुमानले सरोवरको पानी पिएपछि ऋषिमूनिहरुलाई नमस्कार गरे ।

राजाले सरोवरमा एकत्रित भएर बस्नुको कारणबारे ऋषिमूनिहरुसंग सोधे । ऋषिमूनिहरुले पनि पुत्रदा एकादशी आउन लागेकाले स्नानका लागि भेला भएको जवाफ दिए । राजाले पुत्रदा एकादशीको व्रतबारे ऋषिमूनिहरुसंग जिज्ञासा राख्दा ऋषिमूनिहरुले पुत्र तथा सन्तान प्राप्तिका लागि यस एकादशीको व्रत अनिवार्य भएको बताए ।

राजाले पनि सवै विधि पुरा गरी पुत्रदा एकादशीको व्रत बसे । फलस्वरुप उनलाई पुत्र प्राप्ति भएको पौराणिक कथा छ । सोही अनुरुप आज पनि पुत्रदा एकादशी व्रतको महात्मे महत्वपूर्ण मानिन्छ ।

यस एकादशीको व्रत बस्नका लागि अघिल्लो दिन अर्थात दशमीकै दिनदेखि लसुन प्याज तथा मांसाहारी भोजन त्याग्नु पर्दछ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई व्रत बस्नु पर्दछ ।

यस दिन भगवान बिष्णुको बालगोपाल रुपको पूजा गर्ने गरिन्छ । बालगोपाल बिष्णुको प्रतिमा स्थापना गरी पञ्मामृतले स्नान गराई धुप दिप नैवेद्य सहितले पूजा गरिन्छ भने नरिवल, पान, सुपारी, ल्वाँङ जस्ता प्राकृतिक फलफूलहरु चढाइन्छ ।

एकादशीको भोलिपल्ट द्वादशीका दिन बिष्णुलाई अर्ध्य दिएर व्रत र पूजा समापन गरिन्छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ७ : ३३ बजे

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कञ्चनपुर जिल्ला अदालत : मुद्दा फर्छ्यौटमा सुधार

महेन्द्रनगर– कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा ६९.३४ प्रतिशत

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज– उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२–८३ मा