सुलेमानीकी छोरीले इरानी राष्ट्रपतिसँग सोधिन् :‘बदला कसले लिनेछ ?’ « Khabarhub

सुलेमानीकी छोरीले इरानी राष्ट्रपतिसँग सोधिन् :‘बदला कसले लिनेछ ?’


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– शनिवार एक तर्फ जहाँ इराकमा हजारौं मानिस इरानी सैन्य कामाण्डर जनरल कासिम सुलेमानीको शव यात्रामा सहभागी हुन सडकमा थिए त्यसै बेला इरानका राष्ट्रपति हसर रुहानी कमाण्डर जनरल सुलेमानीको घरमा उनका परिवारलाई सान्त्वना र हिम्मत राख्न भनिरहेका थिए ।

जब राष्ट्रपति रुहानी कमाण्डर सुलेमानीको घरमा पुगे तब उनकी छोरी जैनब सुलेमानीले सोधिन्,‘मेरो बुवाको हत्याको बदला कसले लिन्छ ?’ त्यसपछि रुहानीले जवाफ दिए,‘हामी सबै ।’

सुलेमानीकी छोरी र राष्ट्रपति रुहानीको यो कुराकानी इरानको सरकारी टेलिभिजनमा प्रसारित गरिएको बीबीसीले जनाएको छ ।
रुहानीले जैनब सुलेमानीलाई सान्त्वना दिँदै भने,‘ यस पीडा र दुखको घडीमा खुदा(भगवान) साथमा छन् र न्याय मिल्नेछ । हामी सबैले बदला लिने छौं । तिमी यसको चिन्ता नलिउँ ।’

तस्वीर : गेट्टी इमेज

इरानको प्रमुख शहर मध्ये एक अहवाजमा आइतवार विहान हजारौं मानिसको भीड सुलेमानीको शोकसभामा सहभागी हुन जम्मा भएका थिए ।

इरानको आधिकारिक वेवसाइटका अनुसार देशका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खमेनीले सुलेमानीको हत्याको कठोर बदला लिइने जनाएका छन् ।

खमेनीले सोमबार तेहरानको युनिभर्सिटीमा सुलेमानीलाई अन्तिम श्रद्धाञ्जली दिनेछन् र त्यसपछि सुलेमानीको शवलाई अन्त्येष्टिका लागि केरमान स्थित उनको घर लगिनेछ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ८ : ०८ बजे

सवारी दुर्घटनामा एक युवकको मृत्यु, तीन जना घाइते

सर्लाही– पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा सवारी दुर्घटना हुँदा एक युवकको

एपोलो हाइड्रोपावरलाई साधारण शेयर बिक्रीका लागि अनुमति

काठमाडौं– नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर

मुस्ताङमा ३९ मतदान केन्द्र कायम, चुनावमा हिमपातको डर

मुस्ताङ– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा

आज अन्तर्राष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

काठमाडौं– संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न मुलुकमा

भोजपुरमा दुई हजार दुई सय अस्थायी मतदाता

भोजपुर– जिल्ला निर्वाचन कार्यालय भोजपुरले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान