सुलेमानीकी छोरीले इरानी राष्ट्रपतिसँग सोधिन् :‘बदला कसले लिनेछ ?’ « Khabarhub

सुलेमानीकी छोरीले इरानी राष्ट्रपतिसँग सोधिन् :‘बदला कसले लिनेछ ?’


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– शनिवार एक तर्फ जहाँ इराकमा हजारौं मानिस इरानी सैन्य कामाण्डर जनरल कासिम सुलेमानीको शव यात्रामा सहभागी हुन सडकमा थिए त्यसै बेला इरानका राष्ट्रपति हसर रुहानी कमाण्डर जनरल सुलेमानीको घरमा उनका परिवारलाई सान्त्वना र हिम्मत राख्न भनिरहेका थिए ।

जब राष्ट्रपति रुहानी कमाण्डर सुलेमानीको घरमा पुगे तब उनकी छोरी जैनब सुलेमानीले सोधिन्,‘मेरो बुवाको हत्याको बदला कसले लिन्छ ?’ त्यसपछि रुहानीले जवाफ दिए,‘हामी सबै ।’

सुलेमानीकी छोरी र राष्ट्रपति रुहानीको यो कुराकानी इरानको सरकारी टेलिभिजनमा प्रसारित गरिएको बीबीसीले जनाएको छ ।
रुहानीले जैनब सुलेमानीलाई सान्त्वना दिँदै भने,‘ यस पीडा र दुखको घडीमा खुदा(भगवान) साथमा छन् र न्याय मिल्नेछ । हामी सबैले बदला लिने छौं । तिमी यसको चिन्ता नलिउँ ।’

तस्वीर : गेट्टी इमेज

इरानको प्रमुख शहर मध्ये एक अहवाजमा आइतवार विहान हजारौं मानिसको भीड सुलेमानीको शोकसभामा सहभागी हुन जम्मा भएका थिए ।

इरानको आधिकारिक वेवसाइटका अनुसार देशका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खमेनीले सुलेमानीको हत्याको कठोर बदला लिइने जनाएका छन् ।

खमेनीले सोमबार तेहरानको युनिभर्सिटीमा सुलेमानीलाई अन्तिम श्रद्धाञ्जली दिनेछन् र त्यसपछि सुलेमानीको शवलाई अन्त्येष्टिका लागि केरमान स्थित उनको घर लगिनेछ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ८ : ०८ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट