देउवालाई दबाब दिन सानेपामा असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला « Khabarhub

देउवालाई दबाब दिन सानेपामा असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दबाब दिनका लागि पार्टीको असन्तुष्ट पक्षले बोलाएको जिल्ला सभापतिहरुको भेला आज हुँदैछ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षका जिल्लासभापतिहरुको भेला आज विहान ११ बजे पार्टी कार्यालय सानेपामा हुन लागेको हो ।

सभापति देउवाले बहुमतका आधारमा निर्णयहरु गर्दै अघि बढेको र आफ्ना मागहरुको वेवस्ता गरेको भन्दै असन्तुष्ट पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।

सभापति देउवाले वरिष्ठ नेता पौडेल, अर्का नेता सिटौला, महामन्त्री शशांक कोइरालासहितका असन्तुष्ट पक्ष अनुपस्थित रहेको केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको कार्यतालिका सार्वजनिक, पदावधि थप, विधानका दफाहरुको निलम्बन, विभागको संख्या थप, तरुण दलको म्याद थप लगायतका निर्णय गरेपछि कांग्रेसमा विवाद थप चर्किएको छ ।

पुस ११ गतेको बैठकबाट गरिएका निर्णयहरु फिर्ता लिन असन्तुष्ट पक्षले संस्थापन पक्षलाई चेतावनीसमेत दिएको छ ।

संस्थापन पक्षलाई चुनौती दिनका लागि असन्तुष्ट पक्षले आज गर्न लागेको जिल्ला सभापतिहरुको भेलामा ७७ मध्ये ५२ भन्दा धेरै जिल्लाका सभापतिहरु सहभागी हुने दाबी पौडेल पक्षले गरेको छ । यो भेलामा सिटौला पक्षका जिल्लासभापतिहरुको पनि उपस्थिति रहने पौडल पक्षको अपेक्षा रहेको छ ।

असन्तुष्ट पक्षका नेता दीपक गिरीले ७७ मध्ये ५२ भन्दा धेरै जिल्लाका सभापतिहरु भेलामा सहभागी हुने दाबी गरे ।

‘७७ जिल्लामध्ये ५२ भन्दा धेरै जिल्लाका सभापतिहरुले सहभागीताका लागि हस्ताक्षर गर्नुभएको छ,’ उनले भने,‘भेला पार्टी कार्यालय सानेपामा हुनेछ ।’ देउवापक्ष प्रदेश नम्बर दुईमा मात्र बलियो देखिएको आकलन असन्तुष्ट पक्षले गरेको छ ।

पौडेल पक्षले जिल्ला सभापतिहरुको भेलापछि सभापति देउवा थप दबाबमा पर्ने आकलन गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ९ : ११ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको