२८० एम्पुल लागू औषधसहित २ जना ‘ड्रग पेडलर’ पक्राउ « Khabarhub

२८० एम्पुल लागू औषधसहित २ जना ‘ड्रग पेडलर’ पक्राउ


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा लगायत कास्कीका शहरी क्षेत्रमा लागू औषध तस्करी गर्ने २ जना (ड्रग पेडलर) पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय रामबजार कास्कीको टोली ठूला मात्रामा लागू औषध सहित २ जना ड्रग पेडलरलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१३ पाटनवेसीका २१ वर्षीय अनुप तामाङ र पोखरा महानगरपालिका–२७ का १९ वर्षीय विशाल परियार छन् ।

चेकजाँचका लागि खटिएको प्रहरीले टोलीले ग ७ प ६१२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई लागू औषधसहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट लागू औषध डाइजापाम ९४ एम्पुल, नुफिन ९४ एम्पुल र फेनरागन ९२ एम्पुल गरी २ सय ८० एम्पुल लागू औषध बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  १ : ४१ बजे

बगरफाँट-कोप्रे-दूधेखोला खण्ड : १८ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को

डोल्पामा जडीबुटीसहित चारजना पक्राउ

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार

रास्वपाको दुई तिहाइमा बालेनको अग्नि परीक्षा

नाम र काम मिल्नुपर्ने पूर्वीय वैदिक परम्परा हो हाम्रो। देशले

खाडी जान लागेका कामदारहरू भन्छन्, साथीहरूले नआऊ भन्छन्, नजाऊ जागिर खोसिने डर छ

काठमाडौं– छोटो छुट्टीमा घर परिवार भेट्न आएका लिवेक महतलाई साथीहरूले

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं– खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न