धुम्रपान गर्नेलाई मात्र होइन नजिक बस्नेलाई समेत हुन्छ यस्तो असर « Khabarhub

धुम्रपान गर्नेलाई मात्र होइन नजिक बस्नेलाई समेत हुन्छ यस्तो असर


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सुर्तीमा ४ हजार किसिमका स्वास्थ्यलाई असर गर्ने रासायनिक पदार्थहरु हुन्छन् । ती मध्ये ४५ किसिमका रसायनहरुले क्यान्सरको विकास गराउँछ ।

धुम्रपान गर्ने व्यक्तिलाई दम,खोकी, ब्रोङ्काइटिस र क्यान्सर हुने जोखिम उच्च हुन्छ । तपाईलाई जानकारी नै होला धुम्रपान गर्ने व्यक्तिलाई फोक्सो,पेट फियो, मुत्रनली र पाठेघरको क्यान्सर हुने जोखिम बढी हुन्छ ।

त्यतिमात्र होइन धुम्रपान गर्ने व्यक्तिमा मुटु रोग, मस्तिष्कमा रक्तश्राव हुने, गर्भको बच्चा कमजोर हुने र काम गर्ने क्षमतामा समेत कमी हुने समस्याहरु देखिन्छ ।

तपाईले धुम्रपान गर्नुहुन्न भने यी रोग लाग्ने सम्भावना कम छ भनेर सोच्दै हुनुहुन्छ होला । तर तपाईलाई थाहा छ ? धुम्रपान नगर्दैमा यी रोगको जोखिमबाट मुक्त हुन सकिँदैन । यदि तपाई धुम्रपान गरिरहेको व्यक्तिको नजिक बस्नुहुन्छ भने तपाईलाई पनि यी रोगहरु लाग्ने सम्भावना अधिक हुन्छ ।

धेरै समय धुम्रपान गर्ने व्यक्तिको नजिक रहेका महिनाहरुमा क्यान्सर हुने सम्भावना २० देखि ३० प्रतिशत रहन्छ । अर्थात तपाईले धुम्रपान गर्नुहुन्न, तर तपाई धुम्रपान गरिरहेको मानिसहरुसँगै उनीहरुले उडाएको चुरोटको धुँवाको नजिक नियमित बस्दा त्यसको असर तपाईलाई पनि पर्छ ।

यस्तै गर्भवती वा स्तनपान गराउने महिलाले धुम्रपान गर्दा उसको बच्चालाई दम, खोकी, कानको संक्रमण, क्यान्सर, निमोनिया र ब्रोङ्काइटिस हुने समस्या प्रवल मात्रामा देखिन्छ ।

धुम्रपानले धुम्रपान गर्ने व्यक्तिको स्वास्थ्यमा मात्र होइन, त्यसका वरिपरि रहेका धुम्रपान नगर्ने व्यक्तिलाई पनि असर परिरहेको हुन्छ ।

धुम्रपान गर्ने आमाबाबुको बच्चालाई धुम्रपान नगर्ने व्यक्तिको बच्चा भन्दा निमोनिया हुने सम्भावना दोब्बर रहने अध्ययनले देखाएको छ ।

आमा, बुबाले धुम्रपान गर्दा नवजात शिशुलाई घाँटी दुख्ने, खोकी लाग्ने, स्वास्थ्य जन्मिएको बच्चा पनि रोगी हुने र अकालमा मृत्यु हुनसक्ने जोखिम रहन्छ ।

स्तनपान गराइरहेकी आमाको दुधमा विषालु रासायनहरु हुन्छन् । जसले शिशुको स्वास्थ्यलाई असर पुर्‍याउँछ ।

धुम्रपान छोड्दा हुने फाइदा यस्तो छ

–फोक्सोको दम, खोकी, ब्रोङ्काइटिस, क्यान्सर, मुटुरोग, टिबी रोग लाग्नबाट बच्न सकिन्छ,

–मुखको क्यान्सर लाग्नबाट बच्न सकिन्छ,

–गर्भ नतुहिने र जन्मिएका शिशु स्वास्थ्य हुने गर्छन्,

–धुम्रपान नगर्दा दाँत, औला पहेंला हुँदैनन्,

–बच्चालाई निमोनिया कम हुन्छ,

–पैसाको बचत हुन्छ,

–छोराछोरीले धुम्रपान गर्न सिक्दैनन्,

–धुम्रपान नगर्दा आसपासका अन्य व्यक्तिलाई पनि असर हुँदैन ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ५ : ३१ बजे

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर

औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइनेछ : मन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौं– मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा

रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार