सवारी चालकहरुले पालन गर्नु पर्ने १९ नियम, पालना नगरे कारवाही | Khabarhub Khabarhub

सवारी चालकहरुले पालन गर्नु पर्ने १९ नियम, पालना नगरे कारवाही


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक सवारी साधन चलाउँदा अरुलाई बाधा पुग्ने गरी ठूला आवाजमा म्युजिक घन्काइराख्नु भएको छ ? तपाइले गुडाइराख्नुभएको सवारीसाधन फोहोर त छैन नि ?

यस्ता समास्याको समाधानको लागि महानगरीय ट्रापिक प्रहरी महाशाखाले अनुगमन गरिरहेको छ ।

सार्वजनिक सवारी साधनमा हुने समस्या तथा गुनासोलाई मध्यनजर गर्दै महाशाखाले निरन्तर अनुगमनका लागि १९ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ ।

यस विषयमा सोमवार महाशाखाका प्रहरी अधिकृत, नेपाल यातायात राष्ट्रिय महासंघका प्रतिनिधिहरु, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा सञ्चालित यात्रुबाहक सार्वजनिक सवारी साधनसँग सम्बन्धीत विभिन्न कम्पनीका प्रतिनिधिहरुबीच छलफल भएको थियो ।

छलफलले १९ बुँदे निर्णय सार्वजनिक गरेको र यसलाई ७ दिनभित्र कार्यान्वयन गर्ने महाशाखाले जनाएको छ ।

१९ बुँदे कार्यान्वय भए–नभएको अनुगमन गर्नका लागि महाशाखाका प्रहरी उपरीक्षक राजकुमार वैदवारको संयोजकत्वमा यातयात व्यवसायी, मजदुर, कम्पनीका प्रतिनिधिहरु समेत गरी ८ सदस्यीय अनुगम समिति गठन गरेको छ ।

महाखाशाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम ढकालले गत बिहीवार भाडाका सार्वजनिक सवारी साधनहरुमा अनुगमन समेत गरेका थिए । अनुगमनका क्रममा देखिएका समस्यालाई समाधान गर्नका लागि यस्तो व्यवस्था ल्याइएको उनले बताए ।

यस्ता छन् प्रतिवद्धताहरु :

१. तोकिएको भाडादर मात्रा लिने ।
२. ढोका खुला गरी नचलाउने ।
३. झ्यालको अवस्था ठिक राख्ने ।
४. सिटको अवस्था ठिक राख्ने ।
५. आरक्षण सिटको पालना गर्ने ।
६. गाडीको रंगरोगन दुरुस्त राख्ने ।
७. क्षमताभन्दा बढी यात्रु नबोक्ने ।
८. चालक र सहचालकले यात्रुलाई राम्रो व्यवहार गर्ने ।
९. तीव्र गतिमा सवारी नचलाउने ।
१०. चालकले यात्रुसँग अनावश्यक गफ नगर्ने ।
११. चालकले मोवाइल फोन प्रयोग नगर्ने ।
१२. नियमित सवारीसाधनको सरसफाइ गर्ने ।
१३. अरुलाई बाधा पुग्ने गरी ठूला आवाजमा म्युजिक नबजाउने ।
१४. सवारी साधनमा स्टिकर तथा झल्लर नलगाउने ।
१५. सवारी साधनको अवस्था ठीक राखी चलाउने ।
१६. सवारी चालकले जुत्ता लगाएर मात्र सवारी चलाउने ।
१७. तोकिएको स्थानमा मात्र यात्रु झार्ने र चढाउने गर्ने ।
१८. प्रयोजनको विपरीत सवारी प्रयोग नगर्ने ।
१९. चालक–सहचालक भद्र तथा सोभनिय हुनुपर्ने ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  २ : ५२ बजे

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आईसीसी महिला टी– २० विश्वकपको ग्लोबल छनोटमा पुग्न

म्याद थप गरी ल्याउने क्रममा भागेका अभियुक्त पक्राउ

काठमाडौं – म्याद थप गरी ल्याउने क्रममा जिल्ला प्रहरी परिसर

गैरपेसागत कार्यप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

काठमाडौं – प्रेस काउन्सिल नेपालले पत्रकारको आवरणमा गैरपेसागत क्रियाकलाप भएकाप्रति

एमाले देश परिवर्तनका लागि स्थापित पार्टी हो : महासचिव पोखरेल

दाङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले विपक्षीको

‘राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विषयगत समितिको