सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष १ लाख ६० हजार घुससहित पक्राउ « Khabarhub

सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष १ लाख ६० हजार घुससहित पक्राउ


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका–१२ स्थित सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंह १ लाख ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले सामुदायिक वनका अध्यक्ष थापा र कोषाध्यक्ष सिंहलाई १ लाख ६० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

सामुदायिक वन क्षेत्रभित्र पर्ने कानीखोला पुल नजिकबाट माटो झिकेको भन्दै लिएको घुससहित अध्यक्ष थापा र कोषाध्यक्ष सिंह पक्राउ परेका हुन् ।

दुवै जनालाई घुस लिइसकेको अवस्थामा सामुदायिक वनको कार्यालयबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

घुससहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर (महेन्द्रनगर) कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  २ : ५७ बजे

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

एजेन्सी– दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत

भायानेटले ल्यायो अत्याधुनिक ‘वाइफाइ ६’ सेवा, घरभर तीव्र गतिको इन्टरनेट

काठमाडौं– भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर

बगरफाँट-कोप्रे-दूधेखोला खण्ड : १८ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को

डोल्पामा जडीबुटीसहित चारजना पक्राउ

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार

रास्वपाको दुई तिहाइमा बालेनको अग्नि परीक्षा

नाम र काम मिल्नुपर्ने पूर्वीय वैदिक परम्परा हो हाम्रो। देशले