पप्पु जेभी कम्पनी कालोसूचीमा, कुनैपनि खरिद कारवाहीमा भाग लिन नपाउने « Khabarhub

पप्पु जेभी कम्पनी कालोसूचीमा, कुनैपनि खरिद कारवाहीमा भाग लिन नपाउने


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले रमण–पप्पु जेभी कम्पनीलाई एक वर्षको लागि कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण–पप्पु जेभी कम्पनीलाई एक वर्षको लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो।

कार्यालयले सोमबार एक सूचना जारी गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी सडक निर्देशनालय टेकुबाट लेखी आए बमोजिम सो कम्पनीलाई कालोसूचीमा राखिएको व्यहोरा जनाइएको छ ।

सूचनामा लेखिएको छ- ‘मिति २०७६ पुस १८ गतेको निर्णय अनुसार सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम १३ बमोजिम २०७६ साउन २१ गतेदेखि लागू हुने गरी रमण–पप्पु जेभी जनकपुर–९, धनुषालाई सार्वजनिक खरिद ऐन,२०६३को दफा ६३ को उपदफा १ बमोजिम १ वर्ष अवधिको लागि कालोसूचीमा राखिएको छ ।’

सूचनामा कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारवाहीमा भाग लिन नपाउने समेत उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ४ : ५५ बजे

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको