पप्पु जेभी कम्पनी कालोसूचीमा, कुनैपनि खरिद कारवाहीमा भाग लिन नपाउने « Khabarhub

पप्पु जेभी कम्पनी कालोसूचीमा, कुनैपनि खरिद कारवाहीमा भाग लिन नपाउने


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले रमण–पप्पु जेभी कम्पनीलाई एक वर्षको लागि कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण–पप्पु जेभी कम्पनीलाई एक वर्षको लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो।

कार्यालयले सोमबार एक सूचना जारी गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी सडक निर्देशनालय टेकुबाट लेखी आए बमोजिम सो कम्पनीलाई कालोसूचीमा राखिएको व्यहोरा जनाइएको छ ।

सूचनामा लेखिएको छ- ‘मिति २०७६ पुस १८ गतेको निर्णय अनुसार सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम १३ बमोजिम २०७६ साउन २१ गतेदेखि लागू हुने गरी रमण–पप्पु जेभी जनकपुर–९, धनुषालाई सार्वजनिक खरिद ऐन,२०६३को दफा ६३ को उपदफा १ बमोजिम १ वर्ष अवधिको लागि कालोसूचीमा राखिएको छ ।’

सूचनामा कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारवाहीमा भाग लिन नपाउने समेत उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ४ : ५५ बजे

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु 

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न

काठमाडौं– लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय

आयोगले भन्यो- सुरक्षाको भरपर्दो प्रबन्ध गरेका छौँ, ढुक्कसँग मतदान गर्नुस्

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान

जुम्ला– राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने ठेक्का आह्वान गरिएको

रुसको दाबी : इरानले आणविक हतियार विकास गरेको प्रमाण भेटिएन

मस्को-रुसले इरानले आणविक हतियार विकास गरिरहेको कुनै प्रमाण अहिलेसम्म नदेखिएको