१० दिनमा अक्षय र करीनाको ‘गुड न्यूज’ले कमायो यति करोड « Khabarhub

१० दिनमा अक्षय र करीनाको ‘गुड न्यूज’ले कमायो यति करोड


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अक्षय कुमार र करीना कपूर स्टारर फिल्म ‘गुड न्यूज’ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । फिल्मले १० औं दिनसम्म पनि उत्साहजनक व्यापार गरेको छ ।

हास्य विधामा निर्माण भएको यो फिल्ममा करीना र अक्षयसँग कियारा र दिलजीत दोसाँझको पनि शीर्ष भूमिका छ ।

फिल्मले दोस्रो विकेन्डको शुक्रवार ८ करोड १० लाख भारु कमाइ गरेको छ । उत्तर भारतमा पनि फिल्मले राम्रो व्यापार गरेको छ ।

दोस्रो विकेन्डको शनिवार ११ करोड ७० लाख र आइतवार १४ करोड ४० लाख कमाइ गरेको छ ।

यो फिल्मले १० दिनमा १ सय ६२ करोड भारू कमाइ गरेको भारतीय मिडियाले जनाएका छन् । दोस्रो सप्ताहसम्म फिल्मले १ सय ७५ करोड भारु कमाइ गर्ने आँकलन गरिएको छ ।

फिल्मले २ सय करोड कमाउला त ? यसबारेमा पनि धेरैले चासो लिएका छन् । किनकि, आउँदो हप्तादेखि ‘छपाक’ र ‘तान्हाजी’ नाम दुई हिन्दी फिल्म पनि भारतमा रिलिज हुँदैछन् ।

यी दुई फिल्म रिलिज हुनासाथ ‘गुड न्यूज’ले कम पर्दा पाउनेछ । यद्यपि फिल्मले २ सय करोड कमाइ गर्ने धेरैले अड्कल काटेका छन् ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ५ : २९ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट