नक्कली नागरिकता बनाएर मनी ट्रान्सफरबाट पैसा निकाल्ने २ जना पक्राउ | Khabarhub Khabarhub

नक्कली नागरिकता बनाएर मनी ट्रान्सफरबाट पैसा निकाल्ने २ जना पक्राउ


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– नक्कली नागरिकता बनाएर अरुको नाममा मनी ट्रान्सफरमार्फत पैसा निकाल्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाराको कलैया बजारबाट किर्ते नागरिकता बनाएर मनी ट्रान्सफरबाट विभिन्न व्यक्तिको नाममा पैसा निकाल्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–४ बस्ने २६ वर्षीय सुरेन्द्र साह र बाराको गढीमाई नगरपालिका गमरिया टोल बस्ने श्याम चौधरी रहेका छन् ।

उनीहरुले सिम्रौनगढ नगरपालिका कचोर्वा घर भई हाल मलेसिया रहेका कृष्ण साहसँग मिली किर्ते नागरिकता बनाई शिवम मनि ट्रान्सफरबाट ९५ हजार रुपैयाँ निकाल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

साथै उनीहरुले प्रसौनी गाउँपालिका–६ प्रस्टोका बस्ने एक व्यक्तिको नाममा न्यू एशियन मनि ट्रान्सफरबाट १ लाख रुपैयाँ र खजान टोल बस्ने एक व्यक्तिको नाममा आरके इण्टरप्राईजेजबाट ६० हजार रुपैयाँ निकालेको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ५ : ३५ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न