१० हजार घुससहित सहायक वनअधिकृत पक्राउ | Khabarhub Khabarhub

१० हजार घुससहित सहायक वनअधिकृत पक्राउ


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १० हजार रुपैयाँ घुससहित एकजना सहायक वनअधिकृतलाई पक्राउ गरेको छ ।

काठको लगत तयार गरिदिए वापत सेवाग्राहीसँग १० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा बबई सबडिभिजन वन कार्यालय बर्दियामा कार्यरत आनन्द प्रसाद साहलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

काठको लगत तयार गरिदिए वापत सेवाग्राहीसँग घुस रकम मागेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सोमबार नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिए ।

साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको पाण्डेले बताए । यसैबीच अख्तियारको टोलीले घुस लिएको अभियोगमा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुभाष बस्नेतलाई पनि पक्राउ गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ६ : ४४ बजे

मेची भन्सार कार्यालयबाट आयात र निर्यात दुवै घट्यो

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को पहिलो महिना साउनमा

यी भूभागमा हावाहुरी र भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौं– देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था

सुन्दरताले भरिपूर्ण ‘दिज गाउँ’ ओझेलमा

बागलुङ– वरिपरि घना जङ्गल । छेउमै सुसाउने उत्तरगङ्गा नदी ।

जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले जग्गा विकास र भवन निर्माणसँग सम्बन्धित