प्रदेशको नामकरणसम्बन्धी कार्यविधि पारित « Khabarhub

प्रदेशको नामकरणसम्बन्धी कार्यविधि पारित


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश नं ३ प्रदेशसभाको आजको बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले प्रदेशको नामकरणसम्बन्धी कार्यविधि– २०७६ सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा सर्वसहमतिबाट स्वीकृत भएको छ ।

उक्त प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक राधा घले र प्रदेशसभाका सदस्य रमेश पौडेलले समर्थन गरेका थिए।

सो प्रस्तावमाथि प्रदेशसभाका सदस्य डा राजेन्द्रप्रसाद श्रेष्ठ, रमेश पौडेल, नरोत्तम वैद्य, ओमबहादुर घलान, प्रतिमा श्रेष्ठले छलफलमा भाग लिनुहुँदै प्रदेशको नामकरण सम्बन्धमा प्रदेशसभाले छुट्टै अध्ययन कार्यदल गठन गरी प्रदेशको १३ वटै जिल्लामा पुगेर प्रदेशको नामकरणका विषयमा सुझाव प्राप्त भइसकेपछि मात्र निर्णय लिनु उपयुक्त हुने राय प्रस्तुत गर्नुभएको थियो ।

यसपछि सो प्रस्तावका प्रस्तावक रामेश्वर फुयाँलले प्रदेशसभा सदस्यको भावनालाई समेटेर अघि बढ्ने दृढता व्यक्त गर्नुभयो । प्रदेशसभाको अर्को बैठक पुस २३ गते बुधबार दिउँसो ३ बजे बस्ने छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ७ : ३१ बजे

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले