‘नेफ्टा अवार्ड’ चैत्र १५ मा « Khabarhub

‘नेफ्टा अवार्ड’ चैत्र १५ मा


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं – चलचित्र प्राविधिक संघ (नेफ्टा) ले आयोजना गर्ने ‘नेफ्टा फिल्म अवार्ड’को दशौं संस्करण घोषणा गरिएको छ । राजधानीमा आज आयोजना गरिएको एक औपचारिक कार्यक्रममा अवार्डको दशौं संस्करण आउँदो चैत्र १५ गते गरिने आयोजकले जनाएको छ ।

नेफ्टा र ड्रिम हाइ नेपाल प्रा.लि.को आयोजनामा यो अवार्ड कार्यक्रम गर्न लागिएको हो । भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै यसपटक नेपालमै अवार्ड समारोह हुने आयोजकले जनाएको छ ।

यसअघि अवार्डका केही संस्करण विदेशमा समेत सम्पन्न गरिएको थियो । पछिल्लो दुई वर्ष भने नेफ्टाले अवार्ड आयोजना गरेको थिएन ।

यसअघि अवार्डका केही संस्करण मलेसिया, कतार, हङकङ र दुबईमा सम्पन्न गरिएको थियो । दशौ‌ं संस्करण राजधानीको टुँडिखेलमा सम्पन्न हुने भएको छ ।

३२ फरक विधासहित  लोकप्रिय चलचित्र, लोकप्रिय अभिनेता, लोकप्रिय अभिनेत्री, बर्षको उत्कृष्ट जनजाति चलचित्र र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी कुल ३७ विधामा अवार्ड प्रदान गरिनेछ ।

दशौं संस्करणको नेफ्टासँगै आयोजकमा जोडिएको संस्था ड्रिम हाइ नेपालमा प्रमुख कमल जिसीले नेफ्टाको ब्राण्ड, लोकप्रियता र विश्वसनीयताका कारण हातेमालो गर्न अघि सरेको बताए ।

यो संस्थाले यसअघि सयवटा बढी इभेन्टहरु गर्दै आएको छ ।

कार्यक्रममा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल, पहिलो नेपाली नायिका भुवन चन्द, हाँस्य अभिनेत्री बसुन्धरा भुषाल, निर्देशक तुलसी घिमिरे, महानायक राजेश हमाल, अभिनेता भुवन केसी, अभिनेत्री गौरी मल्ल, अभिनेता रमेश उप्रेती, सलोन बस्नेत, प्रमोद अग्रहरी, कलाकार सन्तोष पन्त, निर्मल शर्मा, रविन्द्र खड्का, अभिनेत्री नीता ढुङ्गाना लगायत उपस्थित थिए ।

यस्तै पवित्रा आचार्य, जेविका कार्की, रिस्ता बस्नेत, गायक आनन्द कार्की, युवराज चौलागाइँ लगायत पनि कार्यक्रममा उपस्थित थिए ।

कार्यक्रममा बोल्दै महानायक हमालले चलचित्र क्षेत्रमा प्राविधिकहरुको योगदान गरेको बताए । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाली फिल्ममा प्रहरीलाई सकारात्मक चरित्रमा देखाइनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ७ : ५० बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६