अख्तियारका कर्मचारीलाई भारतमा भ्रष्टाचारविरुद्ध तालिम « Khabarhub

अख्तियारका कर्मचारीलाई भारतमा भ्रष्टाचारविरुद्ध तालिम


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ अधिकारीको दोस्रो ब्याचको भारतको गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा प्रशिक्षण शुरु भएको छ ।

छ दिनसम्म चल्ने ‘ठगी, घुसखोरी र भ्रष्टाचार निवारण’ विषयक प्रशिक्षण आजदेखि शुरु भएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।

यसअघि आयोगकै २१ अधिकारीको पहिलो ब्याचले सोही युनिभरसिटीमा गत मङ्सिर ३० गतेदेखि यही पुस ५ गतेसम्म त्यही विषयमा प्रशिक्षण लिइसकेका छन् ।

सङ्कायका अनुभवी सदस्यबाट सञ्चालित सो प्रशिक्षण नेपाली अधिकारीका लागि अत्यन्तै फलदायी रहेकोे दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नयाँ तथा उपयोगी विचारसहित अनुसन्धान कार्यलाई अघि बढाउन सो प्रशिक्षणले नेपाली अधिकारीलाई सक्षम बनाउने अपेक्षा गरिएको छ । नेपाल सरकारको आग्रहमा आयोगका कूल ४२ अधिकारीका लागि तयार पारिएकोे यो एक विशेष कोर्ष हो । नेपालमा भ्रष्टाचारका गतिविधिमा अङ्कुश लगाउन एवं सुशासन कायम राख्न यो कोर्षले आयोगको संस्थागत क्षमतालाई सुदृढ पार्नेछ ।

मुख्यतः भ्रष्टाचारका कारकको पहिचान, अर्थतन्त्रमा यसको प्रभाव तथा यसको पहिचान र रोकथामका लागि प्रयोग हुने विधिमा यो कोर्ष केन्द्रित छ । सूचना प्रविधिमा आधारित अनुसन्धानका लागि यो कोर्षले अधिकारीको सीप अभिवृद्धि गर्नुका साथै उनीहरुको विश्लेषणात्मक क्षमतालाई तिखारी नयाँ विधि सिक्नलाई मद्दत गर्नेछ । अन्ततः यसले भ्रष्ट तथा ठगी गर्ने व्यक्तिको पहिचान, निवारण एवं कानूनी कारवाही गर्न अधिकारीलाई सक्षम बनाउने दूतावासले जनाएको छ ।

फरेन्सिक विज्ञान, अपराध अनुसन्धान, सुरक्षा तथा व्यवहार विज्ञान र अपराध विज्ञान क्षेत्रमा फरेन्सिक विज्ञलाई प्रशिक्षण दिनका लागि प्रख्यात गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा अधिकारीलाई प्रशिक्षण दिइएको छ । भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रमअन्तर्गत रहेको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  १० : ४५ बजे

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले