प्रदेश ५ को स्थायी राजधानी र नाम टुंगो लगाउने तयारी « Khabarhub

प्रदेश ५ को स्थायी राजधानी र नाम टुंगो लगाउने तयारी


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- प्रदेश नं ५ को प्रदेशसभा अधिवेशन आगामी माघ ५ गतेदेखि शुरु हुने भएको छ । प्रदेश स्थापना भएको करिब दुई वर्ष पुग्न लाग्दा आउँदो प्रदेशसभाको अधिवेशनमा प्रदेशसभाले स्थायी राजधानी र नाम टुंगो लगाउने तयारी गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले आगामी अधिवेशनमा प्रदेशसभाको विशेष समितिका तर्फबाट प्रतिवेदन प्रस्तुत हुने र छलफलपछि प्रदेशको स्थायी राजधानी र नाम टुंगो लगाइने आज मन्त्रिपरिषद्को बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बताए ।

उनले प्रदेश टुक्र्याउने भन्ने कुरा संविधान संशोधनको विषय भएकाले प्रदेशमा सबैभन्दा बढी जनसङ्ख्या रहेका बाँके र बर्दियाका थारु समुदाय अल्पमतमा पार्न अर्को प्रदेशमा मिसिन सहमत नहुने स्पष्ट पारेका थिए ।

मन्त्री चौधरीले आउँदो अधिवेशनमा सरकारका तर्फबाट पर्याप्त गृहकार्य गरी आवश्यक कानून निर्माणका लागि विधेयक तयारी अवस्थामा राखिएका जानकारी दिए । यस्तै आजको मन्त्रिपरिषद्को बैठकले प्रदेश स्थापना दिवसको अवसर पारेर आगामी फागुन १० देखि १२ गतेसम्म प्रदेश स्थापना एक्स्पो आयोजना गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

उक्त कार्यक्रम दाङको बेलझुण्डीमा आयोजना गरिने र कार्यक्रममा प्रदेश सरकारले गरेका सूचना, कृषि, यातायातलगायत नवीनतम प्रविधिसम्बन्धी जानकारीमूलक विषय राखिने छन् ।

प्रदेश सरकारले यस वर्ष पनि प्रदेशमा सबैभन्दा बढी जनसङ्ख्या भएको थारु र मगर समुदायले मनाउने माघेसङ्क्रान्ति पर्वमा आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने तथा यही पुस २९ गते मुख्यमन्त्री निवासमा माघी पर्व मनाइने प्रवक्ता चौधरीले जानकारी दिए ।

बैठकले प्रदेश वन निर्देशनालयमा कायम मुकायम वन निर्देशक मुकरर गर्ने निर्देशकमा रुपन्देहीका इन्द्रप्रसाद पछाईलाई निमित्त निर्देशकको जिम्मेवारी दिने निर्णयसमेत गरेको छ ।

त्यसैगरी बैठकले प्रदेश चलचित्र निर्माण, प्रदर्शन तथा वितरणसम्बन्धी व्यवस्था गर्न बन्ने विधेयक तर्जुमा सम्बन्धमा तयार गरिएको अवधारणा पत्रसमेत स्वीकृत गर्नुका साथै प्रदेश पदक नियमावली २०७६ लाई समेत स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको सङ्गठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  १० : ३० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्