नापी कार्यालय पर्साका सर्भेक्षक ७५ हजार घुससहित पक्राउ | Khabarhub Khabarhub

नापी कार्यालय पर्साका सर्भेक्षक ७५ हजार घुससहित पक्राउ


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय पर्सामा कार्यरत एक जना सर्भेक्षकलाई घुस सहित पक्राउ गरेको छ ।

जग्गाधनीको प्रमाण पूर्जा बनाइ दिने नाउँमा सेवाग्रहीसँग माग गरेको घुस रकम लिँदै गरेको अवस्थामा आयोगको मकवानपुरको टोलीले नापी कार्यालयका सर्वेक्षक रामनरेश पासवानलाई ७५ हजार घुससहित रङ्गे हात पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका–९ रानीघाटस्थित नापी कार्यालय पर्सा अन्तर्गतको २ नं नापी टोली कार्यालयमा सेवाग्रहीसँग रु ७५ हजार घुस रकम लिँदै गरेको अवस्थामा आज बेलुकी ६ः३० बजे रङ्गे हात सर्वेक्षक पासवालाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

सेवाग्रहीले दिएकोे सूचना तथा उजूरीका आधारमा कारवाही गर्दा सर्वेक्षक पासवान रङ्गे हात पक्राउ परेको बताइएको छ । पक्राउ परेका सर्वेक्षक पासवानलाई आवश्यक अनुसन्धानका लागि आजै मकवानपुर लैजाने तयारी आयोगले गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ८ : ५० बजे

मेची भन्सार कार्यालयबाट आयात र निर्यात दुवै घट्यो

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को पहिलो महिना साउनमा

यी भूभागमा हावाहुरी र भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौं– देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था

सुन्दरताले भरिपूर्ण ‘दिज गाउँ’ ओझेलमा

बागलुङ– वरिपरि घना जङ्गल । छेउमै सुसाउने उत्तरगङ्गा नदी ।

जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले जग्गा विकास र भवन निर्माणसँग सम्बन्धित