चीनबाट फर्काइनेलाई भक्तपुरमा राख्ने भनिएपछि स्थानीयले गरे विरोध « Khabarhub

चीनबाट फर्काइनेलाई भक्तपुरमा राख्ने भनिएपछि स्थानीयले गरे विरोध


२३ माघ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- सरकारले चीनमा रहेका नेपालीहरुलाई ल्याउनका लागि तयारी तीब्र बनाए पनि उनीहरुलाई ल्याएर राख्ने ठाउँको टुंगो नलाग्दा त्यहाँ रहेका नेपालीहरु उद्दारको प्रतिक्षामै छन् ।

उनीहरुलाई राख्ने सुरक्षित ठाउँको लागि सरकारले केही दिनदेखि विभिन्न सम्भावित ठाउँको अवलोकन गरिरहेको छ ।

सरकारले उनीहरुलाई ल्याएर काठमाडौंको भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने विषयमा समेत छलफल गरिसकेको छ । त्यहाँको वस्तुस्थिति र त्यहाँ राख्दा हुन सक्ने सुरक्षालाई मध्यनजर गरेरमा मात्र सो ठाउँमा चीनबाट ल्याइनेहरुलाई राख्ने बताइरहँदा भक्तपुरका स्थानीयले भने आक्रोश पोखेका छन् ।

कोरोना भाइरसको संक्रमणले चीन आक्रान्त बनिरहेका बेला चीनबाट ल्याउन लागिएका नेपालीलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा नराख्न स्थानीयले माग गरेका हुन् ।

उनीहरुले बुधबार विरोध प्रदर्शन समेत गरेका छन् । कालो झण्डा र नारासहित स्थानीले नगरपालिका घेराउ  समेत गरेका थिए ।

उनीहरुले चीनबाट ल्याउन लागिएका नेपालीलाई बस्ती माझमा नभएर अन्यत्रै सुरक्षित स्थानमा राख्न ज्ञापन पत्र बुझाएका छन् । प्रदेश संसाद कृष्णलाल भडेलले चीनबाट ल्याउन लागेका नेपालीलाई मानव बस्ती माझको स्थान चयन गर्नु गलत हुने तर्क गरे ।

चीनबाट ल्याउन लागिएका १८० जना नेपालीलाई १४ दिन स्वास्थ निगरानीमा राखिने छ । उनीहरुलाई विमानस्थलमा पनि उच्च सुरक्षा चेकजाँच पछि मात्र तोकिएको स्थानमा लगिनेछ । चीनमा रहेका नेपालीहरुलाई ल्याउनका लागि दुई वटा विमान समेत तयारी अवस्थामा राखिएको जनाइएको छ ।

हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ सय नाघिसकेको छ । दुई दर्जन भन्दा बढी मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएको र २० हजार भन्दा बढी संक्रमित रहेको विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  ७ : २२ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या