अमेरिकालाई रोक्दै शीर्ष स्थानमा उक्लिने ओमानको लक्ष्य « Khabarhub

अमेरिकालाई रोक्दै शीर्ष स्थानमा उक्लिने ओमानको लक्ष्य


२३ माघ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा आज (बिहीबार) अमेरिका र ओमान भिड्दैछन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहान साढे ९ बजे शुरु हुने खेलमा अमेरिका र ओमानले प्रतिस्पर्धा गर्दैछन् ।

बुधबार शृङ्खलाको पहिलो खेलमा नेपाललाई पराजित गरेको ओमान अमेरिकामाथि जित हात पार्दै अकं तालिकामा सुधार गर्ने लक्ष्यमा रहेको छ । ७ खेलमा १० अंक जोडेको ओमान अमेरिकालाई रोक्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ ।

यता, अमेरिका भने १२ अंकसहित लिग २ को शीर्ष स्थानमा रहेको छ । उ आजको खेलमा ओमानविरुद्ध जीत निकाल्दै शीर्ष स्थानमा यथावत रहने लक्ष्यमा छ ।

अमेरिकी टोलीले नेपालमा आएर एक अभ्यास खेल खेलेको थियो । जसमा नेपालको बी टिमसँग अमेरिका पराजित भएको थियो ।

तर, लिग २ मा लगातार राम्रो गरिरहेको अमेरिका टियू मैदानमा पनि ओमानलाई पराजित गर्ने लक्ष्यमा छ ।
ओमानविरुद्ध अमेरिकाका आरोन जोन्स, मोनाक पटेल लगायतका खेलाडी हावी हुन सक्नेछन् । यो शृङ्खलामा उनीहरु उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

शृङ्खलाको पहिलो खेल जितेको ओमानका कप्तान जिसन मक्सुदले दोस्रो अमेरिकासँगको खेलमा लय कामयम राख्ने बताएका छन् ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  ७ : ५० बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको