लोकसेवा तयारी कक्षामा लगानी गर्दै गाउँपालिका « Khabarhub

लोकसेवा तयारी कक्षामा लगानी गर्दै गाउँपालिका


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्कीको माछापुच्छ्रे गाउँपालिकाले दलित र महिलाका लागि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ ।

निजामती सेवामा दलित तथा महिलाको पहुँच अभिवृद्धि तथा निजामती प्रशासनप्रति अभिरुचि जगाउने उद्देश्यले तयारी कक्षा सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ।

नौवटै वडाबाट सहभागी छनोट गरेर पोखरास्थित एक इन्स्टिच्युटमा राजपत्र अनङ्कित प्रथम श्रेणी(नायब सुब्बा) तथा राजपत्र अनङ्कित द्धितीय श्रेणी(खरिदार)को पाठ्यक्रममा आधारित कक्षा सञ्चाल गर्न लागिएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिए । महिलातर्फ ११ तथा दलित पुरुष दुई र दलित महिला १४ गरी २७ सहभागी रहेका छन् ।

गाउँपालिकाबाट पहिलोपटक लोकसेवा तयारीमा सहयोग गरिएको बताइन्छ । ‘लक्षित वर्गका लागि विनियोजित बजेट विभिन्न तालीम, गोष्ठीका लागि खर्च गर्नुभन्दा प्रत्यक्ष उनीहरुका लागि फाइदा पुग्ने क्षेत्रमा लगाउने उद्देश्यले कार्यक्रम गरेका हौँ । यसबाट निजामती सेवामा प्रवेशका लागि उनीहरुलाई सहज हुनुका साथै मानव संशाधन विकासमा समेत सघाउने छ,’ उनले भने ।

सहभागीको ८० प्रतिशत गाउँपालिको ब्येर्होने छ । बुधबार गाउँपालिकामा भएको तयारी कक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्ण गुरुङले स्थायित्व र वृत्ति विकासको सबैभन्दा राम्रो अवसर निजामती सेवामा रहेकाले देशका लागि सक्षम जनशक्ति उत्पादन गर्दै पछाडि परेको दलित र महिलाको सहभागिता वृद्धि गर्न कार्यक्रमले सघाउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ८ : २६ बजे

आजको मौसम पूर्वानुमान : उच्च पहाडमा हिमपात र वर्षा, कुन प्रदेशको अवस्था के छ ?

काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

नेपाल र चीनका गभर्नरबीच भेटवार्ता : सहकार्यका विषयमा छलफल

काठमाडौं – चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ