घर किन्ने वा बनाउने योजनामा हुनुहुन्छ ? ख्याल गर्नुहोस् १५ कुरा « Khabarhub

घर किन्ने वा बनाउने योजनामा हुनुहुन्छ ? ख्याल गर्नुहोस् १५ कुरा


२३ माघ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

प्रत्येक मानिस आफु बस्ने घर हरेक तवरबाट राम्रो होस् भन्ने चाहना राख्दछन् ।

यो स्वभाविक पनि हो, बर्षौको मेहनतलाई खन्याएर बनाइने सपनाको घरमा कुनै खोट रहनु हुदैन । तर पछिल्लो समय मानिस राम्रो र आर्कषक घर बनाउने नाममा वास्तुलाई अनुसरण गरको पाइदैन ।

आधुनिकताका नाममा बनाइने यस्ता घरमा वास्तुको उपेक्षा हुने गरेको छ । वास्तु आफैमा एउटा विज्ञान हो । तसर्थ कुनै पनि घर बनाउँदा वास्तु अनुसार बनाउनु राम्रो हुन्छ ।

त्यसैले नयाँ घर बनाउँदा वास्तुका निम्न उपाय गर्नु उत्तम हुन्छ ।

१. वास्तु अनुसार घरमा पर्याप्त प्रकाश तथा हावा आउजाउ गर्ने हुनुपर्छ ।
२. बेडरुममा खुट्टा उत्तर र टाउको दक्षिण दिशामा हुनुपर्छ । साथै ढोकातर्फ खुट्टा हुनु हुँदैन ।
३. वास्तु अनुसार शौचालय घरको पश्चिम दिशामा बनाउनु उत्तम हुन्छ ।
४. घरको आग्नेय कोणमा भान्साकोठा र खाना खादाँ पूर्व वा उत्तर मुख फर्किने हुनुपर्छ ।
५. घर बनाउँदा दुर्गन्धित ढल, ग्यारेज वा वर्कसप नजिक हुनु राम्रो मानिदैन ।
६. भिरालो परेको जमिनमा तथा खोंचमा घर बनाउनु उपयुक्त हुँदैन ।
७. घरको प्रवेशमार्ग चौडा हुनुपर्छ, यस्तो घर बसोबासका लागि उपयुक्त मानिन्छ ।
८. त्रिभूज आकारको जग्गामा घर बनाउनु हुदैन । बनाउनु मात्र होइन किन्नु पनि हुदैन ।
९. एकातर्फ चौडा र अर्कातर्फ कम भएको जग्गामा घर बनाउनु शुभ मानिदैन ।
१०. घरमा सानो भएपनि भान्सा, बगैंचा र मूख्य द्वार बनाउने क्षेत्र हुनुपर्छ ।
११. मूख्य ढोकाको सामुन्नेमा पर्खाल पार्नु हुदैन ।
१२. ठुलो पानि ट्यांकीको छायाँ पर्ने स्थलमा घर बनाउनु पनि योग्य मानिदैन ।
१३. दुई ठूला घरको बिचमा सानो घर बनाउनु उपयुक्त हुँदैन ।
१४. कुनै पनि बाटो वा गल्लीको अन्तिम केन्द्रमा बनेको घर खरिद गर्नु उपयुक्त मानिदैन ।
१५. सडक किनारमा बनेको घर खरिद गर्नु शुभ मानिदैन ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  ९ : ४८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको