सौता बनेकी आमाविरुद्ध मुद्दा हाल्ने तयारीमा छोरी « Khabarhub

सौता बनेकी आमाविरुद्ध मुद्दा हाल्ने तयारीमा छोरी


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

करिब १५ बर्षअघि लण्डनको ट्वाइकेनहम निवासी लारेन आफ्नो विवाहबाट अत्यन्त खुसि थिइन् ।

उनले आफ्नो प्रेमीसंग विवाह गर्न पाएकी थिइन् । उनको खुसि यति हदसम्म थियो कि हनिमुनमा समेत उनले आमालाई साथै लगिन् । तर लारेनका लागी हनिमुनमा आमा लानु जिन्दगीको सबैभन्दा ठुलो भुल साबित भयो ।

खासमा नवविवाहित लारेनले आमालाई पनि आफु साथै हनीमुनमा लगेकि थिइन् । तर उनलाई आमा साथ लादा आफुलाई हुनसक्ने धोकाको बिषयमा अनुमान समेत थिएन । हनिमुनमा संगै गएकी लारेनकी आमा जुली र उनका पति पल व्हाइट एकआपसमा निकै बोलचाल र हसिमजाक गर्दथे ।

तर लारेनले यस बिषयलाई कहिल्यै गम्भिरतापुर्वक लिइनन् । तर तिनै आमाले आफ्नी छोरीलाई धोका दिदै उनका पति पलसंग पोइला गइन् ।

खासमा लारेन १९ बर्षकी हुदाँबाटै पल ब्हाइटसंग लिभिङ टुगेदरमा थिइन् । सन् २००४ मा यी दुईको एक सन्तान पनि भएको थियो । त्यसपछि दुबैले विवाह गर्ने सोच बनाए र विवाह गरे पनि ।

उनीहरुको विवाहमा लारेनकी आमा जुलीले करीब २४ लाख रुपैयाँ खर्च गरेकि थिइन् । तर विवाह भएको ८ हप्ता नबित्दै लारेनकी आमाले ज्वाइँ नै भगाइन् ।

लारेन पल आफ्नी आमा जुलीसंग रहदै आएको कुरा सुरुमा पत्याउनै सकिनन् । तर सन् २००५ मा जुलीले एक सन्तानलाई जन्म दिइन् जसका पिता उनको पूर्वपति पल थिए । सन् २००६ मा पल र जुलीले खुलेर विवाह पनि गरे । आफ्नी आमा र पूर्वपतिको विवाहमा लारेन पनि सामेल थिइन् ।

यो घटनाको १३ बर्ष बितिसकेको छ । हालसालै जुलीले चौथो सन्तानलाई जन्म दिएकी छन् । तर लारेन अझै आफ्नी आमाको कर्तुतबाट खुसि छैनन् । हालै उनले यस बिषयमा कानूनी सहायता माग्ने निर्णय गरेकी छन् ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  १० : १४ बजे

बाँकेमा ६१ मतदानस्थल संवेदनशील

नेपालगन्ज– आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये ६१

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार