प्रचण्डसँग बेलायती राजदूतको शिष्टाचार भेट | Khabarhub Khabarhub

प्रचण्डसँग बेलायती राजदूतको शिष्टाचार भेट


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा सदियौंदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाका बारेमा छलफल भएको थियो ।

भेटमा अध्यक्षले नेपालको विकासमा बेलायत र बेलायती जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताएका थिए ।

अध्यक्ष प्रचण्डले भने, ‘नेपाल र बेलायतबीच सयौं वर्षदेखिको मित्रता रहेको छ । तपाईको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु ।’ भेटका अवसरमा अध्यक्षले नेपाल आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै नेपालकोआर्थिक समृद्धिमा बेलायतको सहयोग आवश्यक रहेको बताए ।

भेटमा बेलायती राजदूत निकोलाले आफू २० वर्ष पहिले शोधकर्ताका रूपमा नेपाल आएको र अन्नपूर्ण रूटमा ट्रेकिङ गरेको स्मरण गराइन् । उनले नेपालको विकासमा बेलायत सरकारको सहयोग रहने विश्वास दिलाइन् ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  १० : २७ बजे

प्रतिनिधि सभाको सचिवमा हर्कराज राईको नाम सिफारिस

काठमाडौं- तत्कालीन सचिव सुरेश अधिकारीले राजीनामा दिएपछि रिक्त प्रतिनिधि सभाको

भोजपुरको लम्सुवाघाटमा झोलुङ्गे पुल निर्माण

भोजपुर– अरुण नदीको लम्सुवाघाटमा झोलुङ्गे पुल निर्माण गरिएको छ ।

लुक्लाबाट ६ यात्रुसहित उडेको हेलिकप्टरमा चरो ठोक्कियो

काठमाडौं- सोलुखुम्बुको लुक्ला विमानस्थलबाट ६ यात्रुसहित काठमाडौंका लागि उडेको एउटा

उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट

हेटौँडा– उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा सञ्चारमन्त्रीले लगाए पर्यटमन्त्रीलाई दोष

पोखरा- सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय