ललिता निवास प्रकरण : उपसभापति विरुद्ध मुद्दा दायर भएपछि कांग्रेस नेताहरुले के भने ? | Khabarhub Khabarhub

ललिता निवास प्रकरण : उपसभापति विरुद्ध मुद्दा दायर भएपछि कांग्रेस नेताहरुले के भने ?


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा नेकपाका नेतालाई उन्मुक्ति दिएको आरोप कांग्रेसका नेताहरुले लगाएका छन् ।

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादारसहित १ सय ७५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

संसदीय दलका उपनेता गच्छादारमाथि मुद्दा दायर भएपछि कांग्रेस नेताहरुले त्यसलाई पूर्वाग्रहको रुपमा लिएका छन् ।

एकै मन्त्रिमण्डलका प्रधानमन्त्रीमाथि मुद्दा नचलाउने तर उनको पालमा मन्त्री रहेका गच्छादारमाथि मुद्दा चलाइएको आरोाप कांग्रेस नेताहरुले लगाएका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा दायर गरेको मुद्दाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत नेता पौडेलले पौडेलले ट्वीटरमा लेखेका छन्, ’अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा आज दायर गरेको मुद्दाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको छ। लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पुरा हुने त होइन?’

त्यस्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने एउटै मन्त्रिमण्डलका प्रमुखलाई उन्मुक्ति र अर्कोलाई मुद्दा चलाइएकोमा आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘श्री माधवकुमार नेपालको पालमा नितिगत निर्णय । एक पूर्व मन्त्री कमरेडको सिरानीमुनि लालपूर्जा । मुद्दा कसलाई ? विजय गच्छादारलाई !’

त्यस्तै कांग्रेस नेता धनराज गुरुङले पनि अख्तियारलाई निर्वस्त्र बनेको आरोप लगाएका छन् ।

उनले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तत्कालिन मन्त्री भ्रष्टाचारी तर मन्त्रीले लगेको प्रस्तावमा निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री सदाचारी भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘’ललिता निवास काण्डस् मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तत्कालीन मन्त्री भ्रष्टाचारी तर मन्त्रीले लगेको प्रस्ताव निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री सदाचारी ? क्याविनेट सिष्टममा प्रधानमन्त्रीले नचाहेमा मन्त्रीले प्रस्ताव लैजाँदैमा निर्णय हुन सक्दैन । यति साह्रै निर्वस्त्र किन अख्तियार ?’

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ११ : ०१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र