ललिता निवास प्रकरण : उपसभापति विरुद्ध मुद्दा दायर भएपछि कांग्रेस नेताहरुले के भने ? « Khabarhub

ललिता निवास प्रकरण : उपसभापति विरुद्ध मुद्दा दायर भएपछि कांग्रेस नेताहरुले के भने ?


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा नेकपाका नेतालाई उन्मुक्ति दिएको आरोप कांग्रेसका नेताहरुले लगाएका छन् ।

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादारसहित १ सय ७५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

संसदीय दलका उपनेता गच्छादारमाथि मुद्दा दायर भएपछि कांग्रेस नेताहरुले त्यसलाई पूर्वाग्रहको रुपमा लिएका छन् ।

एकै मन्त्रिमण्डलका प्रधानमन्त्रीमाथि मुद्दा नचलाउने तर उनको पालमा मन्त्री रहेका गच्छादारमाथि मुद्दा चलाइएको आरोाप कांग्रेस नेताहरुले लगाएका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा दायर गरेको मुद्दाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत नेता पौडेलले पौडेलले ट्वीटरमा लेखेका छन्, ’अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा आज दायर गरेको मुद्दाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको छ। लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पुरा हुने त होइन?’

त्यस्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने एउटै मन्त्रिमण्डलका प्रमुखलाई उन्मुक्ति र अर्कोलाई मुद्दा चलाइएकोमा आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘श्री माधवकुमार नेपालको पालमा नितिगत निर्णय । एक पूर्व मन्त्री कमरेडको सिरानीमुनि लालपूर्जा । मुद्दा कसलाई ? विजय गच्छादारलाई !’

त्यस्तै कांग्रेस नेता धनराज गुरुङले पनि अख्तियारलाई निर्वस्त्र बनेको आरोप लगाएका छन् ।

उनले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तत्कालिन मन्त्री भ्रष्टाचारी तर मन्त्रीले लगेको प्रस्तावमा निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री सदाचारी भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘’ललिता निवास काण्डस् मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तत्कालीन मन्त्री भ्रष्टाचारी तर मन्त्रीले लगेको प्रस्ताव निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री सदाचारी ? क्याविनेट सिष्टममा प्रधानमन्त्रीले नचाहेमा मन्त्रीले प्रस्ताव लैजाँदैमा निर्णय हुन सक्दैन । यति साह्रै निर्वस्त्र किन अख्तियार ?’

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ११ : ०१ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

आज २०८३ साल साउन ९ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ९ गते शनिबार सन् २०२६

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला