प्रदीपको क्रेज: ‘प्रेम गीत ३’ को गीत युट्युबको नम्बर वान ट्रेन्डिङमा [भिडियो] « Khabarhub

प्रदीपको क्रेज: ‘प्रेम गीत ३’ को गीत युट्युबको नम्बर वान ट्रेन्डिङमा [भिडियो]


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘प्रेम गीत ३’ मा समावेश ‘हात्ती ढुंगामा’ नेपालमा युट्युब ट्रेन्डिङको नम्बर एकमा पुगेको छ । फिल्मको गीत रिलिजको दुई दिनमा नम्बर एकमा उक्लेको हो ।

गीतमा सागर आले र मेलिना राईको आवाज सुन्न सकिन्छ । यस्तै गीतका शब्दलाई हर्क साउदले लेखेका हुन् भने कल्याण सिंहले संगीत दिएका हुन् ।

युट्युबमा प्रयोगकर्ताले गीत मन परेको प्रतिक्रिया दिएका छन् । कतिपयले भने यो गीत हिन्दी फिल्म ‘पद्मावत’ मा समावेश एक गीतसँग मिलेको टिप्पणी गरेका छन् ।

मुस्ताङमा खिचिएको यो गीतमा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, सुनील थापा, माओत्से गुरुङ लगायतका कलाकारलाई देख्न सकिन्छ । फरक शैलीको यो गीत धेरैले रुचाएका छन् ।

‘सब प्रफेक्ट छ,’ एक प्रयोगकर्ताले कमेन्ट गरेका छन् । यस्तै अर्का प्रयोगकर्ताको कमेन्ट छ, ‘गीत निकै राम्रो लाग्यो, हामी ट्रेलरको प्रतीक्षामा छौं ।’

एक बन्देज प्रेमकथा भनिएको यो फिल्ममा राजेश श्रेष्ठको छायांकन, वनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, छेतेन गुरुङ र मन्दिप गौतमको लेखन तथा हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

फिल्ममा मुख्य लगानी सन्तोष सेनको रहेको छ भने निर्देशन निर्माता सेन र छेतेन गुरुङको रहेको छ ।

प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, जीवन भट्टराई लगायतका कलाकारको अभिनय रहेको यो फिल्म वर्षको प्रतीक्षित फिल्ममध्ये एक हो ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  १२ : २९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार