मल्टिप्लेक्सले पत्याएन विराज भट्टको ‘साङ्लो’ लाई « Khabarhub

मल्टिप्लेक्सले पत्याएन विराज भट्टको ‘साङ्लो’ लाई


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भोजपुरी फिल्म उद्योगमा समेत हिट फिल्म दिएर नेपाली फिल्म उद्योगमा कमब्याक भएका विराज भट्टको फिल्म ‘साङ्लो’ लाई मल्टिप्लेक्स हलले कम शो दिएका छन् ।

भोलि शुक्रवारदेखि नेपालभर प्रदर्शन हुन लागेको यो फिल्मले सिङ्गल थिएटरमा आक्रामक व्यापार गर्ने अनुमान गरिए पनि मल्टिप्लेक्स हलमा भने शो नै कम पाएको हो ।

जबकि, नेपालमा पछिल्लो समय बढी व्यापार हुने नै मल्टिप्लेक्स हलमा हो ।

विराज भट्टले निर्देशन गरेको फिल्म ‘साङ्लो’ मा भट्टकै शीर्ष भूमिका छ भने निकिता चाण्डकले पनि मुख्य भूमिका निभाएकी छिन् । एक्सन प्याक फिल्म भनिएको हललाई मल्टिप्लेक्स हलमा खासै शो दिइएको छैन । विदेशी एक्सन फिल्मले भने नेपालका हलमा पर्याप्त शो पाउने गरेका छन् ।

मल्टिप्लेक्सको ठूलो चेन भएको हल क्युएफएक्सले फिल्म ‘सेल्फी किङ’ लाई शुक्रवार मात्र नेपालभर ३५ शो दिएको छ । यस्तै फिल्मले राजधानीमा मात्र शुक्रवारलाई २० शो पाएको छ ।

विराजको ‘साङ्लो’ ले भने क्युएफएक्स चेनमा जम्मा ११ शो पाएको छ । त्योमध्ये राजधानीमा ४ शो दिएको छ ।

नेपालमा अन्य मल्टिप्लेक्स हलमा पनि ‘सेल्फी किङ’ लाई पर्याप्त शो दिइएको छ भने ‘साङ्लो’ लाई एक या दुई शो मा सीमित गरिएको छ ।

भोलि शुक्रवारदेखि प्रदर्शनमा आउने फिल्म ‘साङ्लो’ र ‘सेल्फी किङ’ दुवैको चर्चा छ । फिल्म ‘सेल्फी किङ’ ले बुधवार प्रिमियर शो राखेको थियो । फिल्म हेरेर सेलिब्रेटीले मन परेको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  १ : १७ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

सुदूरपश्चिम– लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस

दुग्धजन्य उत्पादनमा शुल्क वृद्धि ‘अनुचित’ 

ब्रसेल्स– चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ

तेहरान– इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको