अमेरिकाले ओमानलाई दियो २ सय १४ रनको लक्ष्य « Khabarhub

अमेरिकाले ओमानलाई दियो २ सय १४ रनको लक्ष्य


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तरगतको दोस्रो खेलमा अमेरिकाले ओमानलाई २१४ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १३ रन बनाएको हो ।

कमजोर सुरुवात गरेको अमेरिकाले ५४ रनमा ४ विकेट गुमाएको अवस्थामा इआन होल्यान्ड र अक्ष होमराजको जोडीले उत्कृष्ट साझेदारी पारी खेलेका थिए । उनीहरुले ८२ रनको साझेदारी खेलेका थिए ।

अमेरिकाका इआन होल्यान्डले अर्धशतकसहित सर्वाधिक रन बनाए । उनले ७८ बलको सामना गर्दै ७ चौकाको मद्दतमा ६५ रन बनाएका थिए ।

यस्तै, होमराजले ३ चौका र २ छक्काको मद्दतमा ४४ रन बनाए । मोनाङ्क पटेलले १९ रन, जेभियर मार्सलले १३ रन बनाए ।

अमरिकाविरुद्ध ओमानका मोहम्मद नादेमले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने जेसन मक्सुद र अक्विब इआसी र बिलाल खानले समान २–२ विकेट लिए । यस्तै, ओमानका कलिमउल्लाहले एक विकेट लिए ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  १ : ०७ बजे

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी