राष्ट्रियसभाद्वारा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक स्वीकृत « Khabarhub

राष्ट्रियसभाद्वारा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक स्वीकृत


२३ माघ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ लाई राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत गरिएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव माथिको सैद्धान्तिक छलफलपछि उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

सैद्धान्तिक छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामनारायण विडारीले विश्वविद्यालयको मूलभूत सिद्धान्तका बारेमा विधेयकमा अलि प्रस्ट हुन नसकेको टिप्पणी गरे ।

त्यस्तै सांसद डा विमला राई पौडेलले सम्बन्धित निकायसँग प्राप्त छलफल गरेर मात्रै विधेयकलाई पूर्णता दिनुपर्नेमा जोड दिए । सांसद रामप्रीत पासवानले संविधानमा व्यवस्था गरिएको समानुपातिक व्यवस्थालाई विधेयकले ध्यान नदिएको बताए ।

सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले दर्शन, संस्कृति र प्रकृतिको आवश्यकताका आधारमा विधेयक आएको प्रस्ट पारे ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  ४ : ५८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया