कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ५६३ पुग्यो « Khabarhub

कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ५६३ पुग्यो


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– चीनमा हजारौँ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएपछि अस्पतालमा विरामी राख्ने बेडको अभाव देखिएको बताइएको छ ।

यस भाइरसबाट बिहीबारसम्म ५६३ व्यक्तिको मृत्यु भइसेकेको छ । त्यसैगरी बिहीबार प्राप्त समाचारअनुसार यस भाइरसबाट चीनभर २८ हजार व्यक्ति सङ्क्रमित भएका छन् ।

गत वर्षको अन्तमा जनावरहरु बेच्ने बजारबाट उत्पत्ति भएको भनिएको कोरोनाभाइरस चीनको करिब २४ ओटा प्रान्तमा फैलिएको पुष्टि भएको छ ।

बिहीबार एशियाली समूद्रको यात्रामा रहेका दुइ पानी जहाजमा हजारौँ व्यक्ति घण्टौँसम्म फेसेका थिए । जसमध्य २० जनालाई कोरोना भाइरसको सङक्रमण देखिएको बताइएको छ ।

यस भाइरसको महामारीको केन्द्रको रुपमा रहेको हुबेई प्रान्तको उहानले १ हजार ६०० शैयाको अस्पताल निर्माण गरेको छ । यसअघि यसै हप्ताको शुरुमा नै एक हजार शैया भएको अस्पताल बनाइसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले चीनको हुबेइमा शीघ्र सङ्क्रमण भइरहेको भए पनि चीनकै अन्य राज्यमा यसको फैलावट छिटपूट रहेको बताएको थियो ।

चीनका अधिकारीले सङ्क्रमण नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गरेका र अन्य प्रभावित मुलुकले पनि भाइरस सङ्क्रमणलाई नियन्त्रणबाहिर जान नदिन यथेष्ट सावधानी अपनाएको पाइएको पनि उक्त सङ्गठनले जनाएको छ ।

चीनको हुबेइका साथै अन्य भागमा अपनाइएका उपाय र विश्वका अन्य मुलुकले नियन्त्रणका लागि देखाएका गम्भीर सावधानीका कारण छिट्टै सङ्क्रमण रोक्न सफलता मिल्ने अन्तर्राष्ट्रिय समूदायले विश्वास व्यक्त गर्दै आएको छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ५ : ३३ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल