बिनोद चौधरीले २० अर्ब तिरे टेलिकमको लाइसेन्स पाउँछन्ः मन्त्री बाँस्कोटा | Khabarhub Khabarhub

बिनोद चौधरीले २० अर्ब तिरे टेलिकमको लाइसेन्स पाउँछन्ः मन्त्री बाँस्कोटा


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले व्यवसायी बिनोद चौधरीले प्रक्रिया पुर्‍याएर २० अर्ब रुपैयाँ तिरे जिएसएम मोबाइलको लाइसेन्स लिन सक्ने बताएका छन् ।

सरकारका प्रवक्ता समेत रेहका मन्त्री बाँस्कोटाले विहीबार मन्त्रपरिषद्को निर्णय सुनाउन आयोजित कार्यक्रममा संचारकर्मीको प्रश्नमा उनले नियम अनुसार २० अर्ब तिरेपछि सिजी कम्युनिकेशनले लाइसेन्स पाउने बताए हुन् ।

‘अरु कम्पनीले २० अर्ब रुपैयाँ तिरेर गरेको व्यवसाय २५ लाख रुपैयाँ तिरेर मात्र गर्न पाइँदैन, नियम अनुसार काम गरे लाइसेन्स पाइन्छ,’ बास्कोटाले भने ।

बाँस्कोटाले सरकारले सिजीलाई ग्रामिण क्षेत्रमा टेलिकम चलाउन १०–११ करोड रुपैयाँ दिएको भन्दै २५ लाखमा युनिफाइड टेलिकमको लाइसेन्स नपाइने प्रष्टयाएका थिए ।

‘कर र रोयल्टी नतिर्ने अनि लाइसेन्स पाएन भनेर हुन्छ,ठूलो घरानाको भन्दैमा प्रक्रिया मिचेर लाइसेन्स दिने कुरा हुँदैन,’ मन्त्री बाँस्कोटाले भने ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ६ : २२ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना