मुलुकको सुरक्षा र एकता कायम गर्न सेना सधैँ अग्रसर: प्रधानसेनापति थापा « Khabarhub

मुलुकको सुरक्षा र एकता कायम गर्न सेना सधैँ अग्रसर: प्रधानसेनापति थापा


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको सुरक्षा र एकता कायम गर्न सेना सधैँ अग्रसर रहेको बताएका छन् ।

कैलालीको  गोदाबरी नगरपालिकास्थित सेनाको तेघरी ब्यारेकमा आयोजित सुदूरपश्चिम प्रदेश भुपूसैनिक सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानसेनापति थापाले नेपाली सेना राष्ट्रिय एकताको प्रतिक भएको बताए ।

सेनाको पहलमा एकीकरण पदमार्ग निमार्ण भइरहेको स्मरण गराउँदै उहाँले विखण्डनको विचारलाई परास्त पार्ने मात्र नभई देशभक्ति, राष्ट्रियता र एकताको विजारोपण गरी ऐतिहासिक पर्यटनको विकास गर्नतर्फ सेना अग्रसर रहेको बताए ।

“सेना नागरिकको आस्था र भरोसाको केन्द्रविन्दु पनि हो”, उनले भने, “सम्पूर्ण नागरिकलाई एकताको शुत्रमा एकबद्ध बनाइराख्न सेनाबाट अनवरत रुपमा प्रयास हुँदै आएको छ ।”

राष्ट्रिय स्वाधीनता अखण्डता कायम राख्न भुपूसैनिकको अहम भूमिका रहने भन्दै प्रधानसेनापति थापाले अवकाश प्राप्त सैनिकको आर्थिक, सामाजिक समुन्नतिका लागि सेनाले विभिन्न कल्याणकारी कार्यक्रम ल्याएको बताए ।

उनले भुपूसैनिकबाट राय सुझाव सङ्कलन गरी लोक कल्याणकारी कार्यक्रम थप प्रभावकारी बनाउने उद्देश्यले मुलुकका सबै प्रदेशममा भुपूसैनिक सम्मेलनको आयोजना गरिएको बताए ।

सम्मेलनमा भूपूसैनिकलाई लक्षित गरी स्वास्थ्य उपचार सेवा, लघुवित्त कार्यक्रमका ऋणिलाई चेक हस्तान्तरण, सर्वोत्कृष्ट र उत्कृष्ट व्यवसायीलाई पुरस्कार, ज्येष्ठ सैनिक र एकलको सम्मान एवं अशक्तलाई ह्विल चियर प्रदान गरिएको थियो ।

प्रधानसेनापति थापाले भुपूज्येष्ठ सैनिक सदस्य ९२ वर्षीय कृष्णबहादुर खत्री र ज्येष्ठ एकल महिला १०४ वर्षीया भद्रकाली कठायतलाई सम्मान गरेका थिए । त्यसैगरी अवकाशपछि नागरिक जीवन बिताएर विभिन्न आयमूलक व्यवसायमा सफतला हात हासिल गरेका एक दर्जन बढी भुपूसैनिकलाई प्रशंसापत्र वितरण गरिएको छ ।

सम्मेलनपछि प्रधानसेनापति थापाले भूपूसैनिकसित अन्तरक्रिया गरेका थिए । सो अन्तरक्रियामा बोल्दै उनले भुपूसैनिक र तिनका परिवारजन, वीरगति प्राप्त सैनिकका परिवारलाई सम्बोधन हुने खालका प्याकेज ल्याउन सरकार र सेनाले गृहकार्य गरिरहेको बताए ।

नेपाल इन्भेस्टमेन्ट बैंकले लघुवित्त कार्यक्रममार्फत सहुलियत ब्याज दरमा नेपाली सेनाको संयोजनमा भुपूलाई सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउँदै आएको जनाइएको छ ।

सम्मेलनमा सुदूरपश्चिम प्रदेशका सात वटा जिल्लाका परम्परागत संस्कृति झल्किने सांस्कृति प्रस्तुति देखाइएको थियो । सेना कल्याणकारी निर्देशनालयको आयोजना र सुदूरपश्चिम पृतनाको संयोजनमा भएको सम्मेलनको अवसरमा शुक्रबारदेखि तेघरी ब्यारेकमा तीनदिने बृहत स्वास्थ्य शिविरको आयोजना सेनाले गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  १० : १५ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल