कोरोनाको प्रभाव होटल व्यवसायमा, ९९ प्रतिशत होटल बुकिङ रद्ध | Khabarhub Khabarhub

कोरोनाको प्रभाव होटल व्यवसायमा, ९९ प्रतिशत होटल बुकिङ रद्ध


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठमेलस्थित काशी स्वयम्भू गेटमै रहेको ‘टेस्टी स्पाइस एण्ड टी हाउस’ अहिले सुनसान भएको छ ।

व्यापार सुस्ताएसँगै सञ्चालक कृष्ण प्रसाद भट्टको दिनचर्या पनि पट्यारलाग्दो बनेको छ।

काशी स्वयम्भूमा विगत १० वर्षदेखि व्यापार गरिरहेका भट्टको व्यापार सुस्ताएको पहिलो पटक हो । विभिन्न प्रकारका मर–मसला र अग्यानिक चियापत्ती बेचेर जीविकोपार्जन गरिरहेका उनलाई अहिले सकस भएको छ ।

‘यसअघि भूकम्प जाँदा पनि केही महिना व्यापार शून्य थियो’ खबरहबसँगको कुराकानीमा उनले भने, ‘अहिले त झन भूकम्प भन्दा चर्को भयो ।’

वसन्तपुर जाने पर्यटकको आँखा झट्ट अग्यानिक चियामा पर्ने हुँदा उनले दैनिक आठदेखि १० हजार रुपैयाँ सम्म व्यापार गर्थे । तर अहिले उनको व्यापार शून्य नै बनेको छ ।

‘दुई महिना अघिसम्म दैनिक १० हजार रुपैयाँसम्म व्यापार भइरहेको थियो’ भट्टले गुनासो पोखे, ‘तर अहिले बोहोनी गर्न समेत गाह्रो छ ।’

ठमेलका व्यापारीहरुले यो सिजनलाई पर्यटकको आवागमनको सिजनका रुपमा लिने हुँदा व्यापार हुने अपेक्षा गरेका थिए । तर उनीहरुको यो अपेक्षा निराशा परिणत बनेको छ ।

‘महिनाको ३० हजार भाडा मात्र तिर्नुपर्छ, खाना लगाउन पनि पर्‍यो’ भट्टले भने, ‘अहिले त पसल नै बन्द गर्नुपर्ने अवस्था भइसक्यो दिनभर एकजना ग्राहक पस्दैनन् ।’

रात होस् या दिन सधै व्यस्त हुने ठमेल अहिले सुनसान देखिन्छ । पर्यटकको भीड लाग्ने यस क्षेत्रमा अहिले फाटफुटमात्र पर्यटकहरु देखिन्छन् भने बजारमा चहलपहल पनि देखिदैँन ।

अर्थतन्त्रमा ठूलो असर

कोरोना भाइरसको संक्रमण बढेसँगै ट्रेकिङका लागि नेपाल आउने ग्रुपहरुले आफ्नो योजना रद्ध गरिरहे छन् । नेपाल घुम्न आउने पर्यटक तथा ट्रेकिङका लागि आउनेहरुले पनि आफ्नो कार्यक्रम रद्ध गरिरहेको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले बताए ।

‘ट्रेकिङका लागि गरिने बुकिङमध्ये ८० प्रतिशतले क्यान्सिल गरिसके’ उनले भने, ‘यसले पर्यटकीय क्षेत्रमा नराम्रो असर पारेको छ ।’

यही अवस्था रहे नेपालको पर्यटन व्यवसायमा मात्र नभई समग्र नेपालको अर्थतन्त्र नै चौपट हुने उनको भनाई छ ।

त्रासमा नेपाली

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिले ८४ देशमा पुगिसकेको छ । शुक्रवारसम्म ३ हजार ३ सय जनाको मृत्यु भएको छ भने ९५ हजारभन्दा बढी संक्रमित छन् ।

नेपाल वरीपरीका दुई छिमेकी राष्ट्र चीन र भारतमा कोरोना संक्रमण व्याप्त छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई पनि उच्च जोखिम भएका देशको सूचीमा राखेपछि काठमाडौंमा यसको त्रास बढ्न थालेको हो ।

नेपाल सरकारले अन्तर्राष्ट्रिय नाका–नाकामा स्वास्थ्य चेकजाँच गरी आवागमनमा पनि कडाई गरिसकेको छ ।

मन्त्रिपरिषद्को बैठकले पाँच देशका नागरिकलाई ‘अनहराइभल भिसा’ पनि नदिने भएको छ ।

त्यस्तै अध्यागमन विभागले कोरोना भाइरस लक्षित गर्दै चीन, जापान, इरान, इटाली र दक्षिण कोरियाका नागरिकलाई अराअराइभल भिसामा रोक लगाएको हो ।

त्यस्तै अहिले सामाजिक सञ्जाल, कार्यालय, भेटवार्ता, चिया पसल, सपिङ महललगायत अधिकांश स्थानमा कोरोना भाइरसको चर्चा चलिरहेको छ ।

चर्चासँगै कोरोना भाइसरबाट सुरक्षित रहनका लागि मास्क र ह्याड स्यनिटाइजरको माग पनि बढेको छ ।

९९ प्रतिशत होटल बुकिङ रद्ध

विश्वभर महामारीका रुपमा कोरोना भाइरसको फैलिरहँदा विदेशी पर्यटकहरु नेपाल आउन छोडेका छन् । पर्यटकहरु नेपाल आउन छोडेसँगै होटल, रेष्टुरेन्ट, लज व्यवसाय सुस्ताएको व्यवसायीहरु बताउँछन् ।

विदेशी पर्यटकले बुकिङ गरेका नेपालका होटलहरु दैनिक रद्ध हुन थालेको होटल व्यवसायी संघका महासचिव साजन शाक्यले बताए ।

पोखरा चितवन लगायतका स्थानमा पर्यटकको संख्या न्यून छ भने काठमाडौं २/४ वटा फाएभ स्टारमा ३० प्रतिशतसम्म पर्यटकहरु छन् ।

शाक्यले होटलमा अहिले पर्यटकको संख्या पनि घटेको बताए ।

‘कोरोनाको प्रभावले मार्केटमा पर्यटकहरु नै छैनन्’ उनले भने, ‘समग्रमा हेर्दा ९९ प्रतिशत बुकिङ नै रद्ध भइसकेको छ ।’

मे र अर्पिल ट्रेकिङ सिजन भएपनि कोरोना भाइरसका कारण ट्रेकिङ सबै रद्ध भएको शाक्यले खबरहबलाई जानकारी दिए ।

यो वर्षको फेब्रुअरीसम्म १ लाख ग्राहक आएको बताउँदै शाक्यले भने, ‘पर्यटकको सिजन हो । तर युरोपियन र अमेरिकन ग्राहकबाट सबैभन्दा बढी होटल बुकिङ रद्ध भएको छ ।’

उनकाअनुसार फेब्रुअरी महिनामा चिनियाँ नागरिक ४ हजारको संख्यामा आएका थिए । तर अहिले चिनियाँ नागरिक मात्र नभई अन्य युरोपेली मुलुकबाट समेत पर्यटक आउन छोडेको उनले बताए ।

पर्यटकको संख्या पातलिदैं गएसँगै पर्यटन व्यवसाय मात्र होइन समग्र नेपालको होटल व्यवसाय नै धरापमा पर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ८ : ४२ बजे

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै