कोरोनाका कारण नेपालसँगको खेल सार्न अष्ट्रेलियाको प्रस्ताव « Khabarhub

कोरोनाका कारण नेपालसँगको खेल सार्न अष्ट्रेलियाको प्रस्ताव


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को संयुक्त छनोट अन्तरगत नेपाल र अष्ट्रेलियाबीच तय भएको खेल अक्टोबरमा सार्न अष्ट्रेलियाले प्रस्ताव गरेको छ ।

अष्ट्रेलियन फुटबल फेडेरेसनले एएफसीलाई पत्र लेख्दै अहिले विश्वभर कोरोना भाइरसको त्रास रहेको उल्लखे गर्दै काठमाडौंमा हुने तय भएको खेल अक्टोबरमा सार्न प्रस्ताव गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले अष्ट्रेलियाले एएफसीलाई प्रस्ताव गरेको पुष्टि गरेका छन् ।

समूह बी अन्तर्गत नेपालले मार्च २६ मा चाइनिज ताईपेई र मार्च ३१ मा अष्ट्रेलियासँग दशरथ रंगशालामा खेल्ने तय भएको थियो ।

यसअघि नेपाल अष्ट्रेलियासँग उसैको घरेलु मैदानमा ५–० गोल अन्तरले पराजित भएको थियो ।

कोरोना भाइरसका कारण नेपाली खेलकुद क्षेत्र पनि प्रभावित भएको छ । बिहीबार मात्रै राष्ट्रिय खेलकुद परिाषद् (राखेप)ले सवै खेलकुदका गतिविधि रोक्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ८ : २३ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६