भारतमा कोरोनाको प्रभाव : प्राथमिक विद्यालय १ महिना बन्द, प्रधानमन्त्रीको विदेश भ्रमण स्थगित « Khabarhub

भारतमा कोरोनाको प्रभाव : प्राथमिक विद्यालय १ महिना बन्द, प्रधानमन्त्रीको विदेश भ्रमण स्थगित


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलँदै गर्दा भारतले विशेष सावधानी अपनाउन शुरु गरेको छ ।

भारतले कोरोना भाइरसका कारण राजधानी दिल्लीका सबै प्राथमिक स्कूलहरु एक महिनाका लागि बिदा गर्ने घोषणा गरेको छ । त्यस्तै सरकारी कार्यालयमा बायोमेट्रिक हाजिरीमा पनि रोक लगाइएको छ ।

युरोपियन युनियन र भारतका बीच हुनलागेको शिखरवार्ताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तय भएको बेल्जियम यात्रा पनि स्थगित गरिएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्षवर्धनले फेला परेका कोरोना संक्रमित सबै ३० जनालाई निगरानीमा राखिएको बिहीबार संसदमा जानकारी गराए ।

भारतमा चीन, इटाली, कोरिया र जापान लगायत अन्य देशबाट आएका मानिसहरुमा संक्रमण पाइएको भारतीय मिडियाले जनाएका छन् ।

अहिलेसम्म ६ लाख भन्दा धेरै मानिसहरुको विमानस्थलमा चेकजाँच गरिएको छ । सरकारले सीमा क्षेत्रका गाउँहरुमा सभाका कारण हुने संक्रमणको रोकथामका लागि चेतना बढाइरहेको बताइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १० : १० बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही