कोरोनाको संक्रमण देखिएपछि अमेरिकाको मेरिल्याण्ड राज्यमा संकटकाल ! « Khabarhub

कोरोनाको संक्रमण देखिएपछि अमेरिकाको मेरिल्याण्ड राज्यमा संकटकाल !


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको मेरिल्याण्ड राज्यमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

अमेरिकी सञ्चार माध्यमहरुले मेरिल्याण्डका गभर्नर ल्यारी हेगनको हवला दिँदै ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको समाचार प्रकाशित गरेका छन्।

गभर्नर हेगनले पत्रकार सम्मेलन नै गरेर बाल्टिमोरमा गरिएको स्वास्थ्य परीक्षणमा तीनजनामा कोरोना पोजेटिभ रिपोर्ट देखिएको बताएका छन्।

संक्रमितहरु विदेश भ्रमणबाट आएको बताइएको छ। दुईजना दम्पत्ति हुन् भने एकजनाको उमेर ५०को हाराहारीमा रहेको बताइएको छ।

राज्यमा कोरोना भाइरसको संक्रमण देखिएपछि मेरिल्याण्ड राज्यमा संकटकाल घोषणा गरिएको छ। अमेरिकामा यसअघि पनि कोरोनाको संक्रमण देखिसकेको छ।

विश्वभर फैलँदै गएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ८३ पुगेको छ ।

विश्वका ८४ देशमा फैलिएको कोरोनाको संक्रमणबाट ९७ हजार ८ सय ५२ जना संक्रमित रहेको समाचार संस्था सीएनएनले जनाएको छ ।

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोनाका कारण चीनमा मात्रै ३ हजार ४२ जनाले ज्यान गुमाएका छन् । चीनमा मात्रै संक्रमित हुनेको संख्या पनि सबैभन्दा धेरै अर्थात ८० हजार ५ सय ३२ छ ।

चीन बाहेकका १४ देशमा ३ सय ४१ जनाले ज्यान गुमाएका छन् । बेलायतमा पनि एकजनाको कोरोनाकै कारण ज्यान गएको छ ।

कोरोनाकै कारण अमेरिकामा मात्र ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १० : १९ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६